लम्की। कैलालीका रिक्सा चालक व्यवसाय नचलेपछि सङ्कटमा परेका छन्। लकडाउनका कारण तीन महीनासम्म रिक्सा चलाउन नपाएका रिक्सा व्यवसायी रिक्सा चले पनि यात्रु नपाएपछि चिन्तामा परेका हुन्।
सिद्धिविनायक यातायात प्रालि टीकापुरका महासचिव रामशरण रेग्मीका अनुसार कैलालीमा करीब १० हजार रिक्सा छन्। रिक्सा व्यवसाय नचलेपछि १० हजारको रोजीरोटी सङ्कटमा परेको रेग्मी बताउँछन्।
“तीन महिना पूर्णरूपमा रिक्सा बजारमा आउन सकेनन्, आजभोलि चलाउन खोजेका छन् तर यात्रु छैनन् । रिक्सा चालकको पेशा सङ्कटमा परेको छ”, उनले भने।
कैलालीको जानकी गाउँपालिका-६ का मङ्गल चौधरीले गएको माघ महीनामा इलेक्ट्रोनिक रिक्सा किने। १० माघमा ६ लाख २२ हजार ऋण गरेर रिक्सा किनेका चौधरीले दुई महीना पनि चलाउन नपाउँदै ११ चैतबाट लकडाउन शुरू भयो।
“असारदेखि लकडाउन केही खुकुलो भएपछि रिक्सा बजारमा ल्याउन थालेँ”, मङ्गलले भने, “ऋणमा रिक्सा किनेँ तर चलाउनै पाइनँ । बैंकले ब्याज र किस्ता तिर्न ताकेता गरेको छ। मलाई त रिक्सा किनेर तनाव भयो, अब ऋण कसरी तिर्नु ?”
उनीजस्तै जानकीकै रवीन्द्र नेपालीलाई पनि रिक्सामा यात्रु नपाउँदा समस्या भएको छ। उनलाई पनि ऋण कसरी तिर्ने, परिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको छ।
“तीन महिनापछि रिक्सा चलाउँदा पनि यात्रु पाइन्न, हिजो त दिनभरि यात्रु कुरेँ, एक जना पनि पाइनँ”, रवीन्द्रले भने, “घर पनि कसरी चलाउने ? यही पेशाबाट परिवार पालेको थिएँ, अब त भोकमरी होला जस्तो छ ।”
सिद्धि विनायक यातायात प्रालिका महासचिव रेग्मी कोरोना भाइरस सङ्क्रमणको असर सबैतिर परेकाले रिक्सा चालकलाई केही समय ऋणको किस्ता नमाग्न, ब्याज मिनाहा गर्न माग गरेको बताउँछन्।
“हामीले स्थानीय सरकारलाई ब्याज मिनाहाका लागि बैंकसँग पहल गरिदिन अनुरोध गरेका छौँ । रिक्सा चालक ब्याज मिनाहा नभए पेशाबाट विस्थापित हुने निश्चित छ”, उनले भने। रासस
" /> लम्की। कैलालीका रिक्सा चालक व्यवसाय नचलेपछि सङ्कटमा परेका छन्। लकडाउनका कारण तीन महीनासम्म रिक्सा चलाउन नपाएका रिक्सा व्यवसायी रिक्सा चले पनि यात्रु नपाएपछि चिन्तामा परेका हुन्।सिद्धिविनायक यातायात प्रालि टीकापुरका महासचिव रामशरण रेग्मीका अनुसार कैलालीमा करीब १० हजार रिक्सा छन्। रिक्सा व्यवसाय नचलेपछि १० हजारको रोजीरोटी सङ्कटमा परेको रेग्मी बताउँछन्।

">