विराटनगर। मोरङमा हतियारसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कटहरी गाउँपालिका–२ निवासी २३ वर्षीय सुरजकुमार भन्ने विक्कीकुमार भगत र मुकेशकुमारलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका दुवैजनालाई आज सार्वजनिक गरिएको छ।
१६ कात्तिकमा सिंघीया नदीको पूर्वमा रहेको खुला मैदानमा छठ पूजाका अवसरमा स्थानीय एक युवा क्लबले आयोजना गरेको सांस्कृतिक साँझ तथा नृत्य कार्यक्रममा भएको ढुङ्गा प्रहारमा शंका लागि खानतलासी गर्दा विक्कीकुमार हतियारसहित पक्राउ गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।
अटोमेटिक नयाँ पेस्तोलसहित पक्राउ परेका उनको साथबाट प्रहरीले म्यागजिन दुई थान, म्यागजिनमा लोड भएको गोली एक थान, सिमकार्ड पाँच र एक मोबाइल बरामद गरेको छ। घटनाका सम्बन्धमा गरेको अनुसन्धानमा भगतलाई उदयपुर निवासी मुकेशकुमारले हतियार दिएको खुल्न आएको प्रहरीले जनाएको छ।
यसैगरी, तिहार र छठ पर्वका समयमा प्रहरीले जुवाको खालबाट नौ लाख १३ हजार रूपैयाँ बरामद गरी राजश्व कार्यालयमा दाखिला गरेको छ भने ५३ जनालाई पक्राउ गरी कारवाही चलाएको छ। प्रहरीले पछिल्लो समयमा चार लाख ५३ हजार रूपैयाँ मूल्य बराबरका पटाकासमेत बरामद गरी आज नष्ट गरेको छ।–रासस