सुरुङमा फसेका तीनजनाको शव निकालियो (अपडेट)

बझाङ। बुङ्गल नगरपालिका–१, दारिमगार्डमा कालङ्गा हाइड्रोपावरको निर्माणाधीन सुरुङबाट तीनजनाको शव निकालिएको छ।

दैलेख गुराँस नगरपालिका–३ का ३० वर्षीय महेन्द्र शाही, सोही ठाउँका ३२ वर्षीय करन शाही र अछाम तुर्माखाँद गाउँपालिका–६ का २४ वर्षीय महेन्द्र साउँदको शव निकालिएको हो।

उक्त सुरुङमा १७ कात्तिक दिउँसो एउटा बलेरो गाडी र दुईवटा ट्रयाक्टरसहित चारजना फसेका थिए।

बझाङको बुंगल नगरपालिका–१ का ३५ वर्षीय शेरसिंह धामीको शव निकाल्ने प्रयास जारी छ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त टोली उद्धार सामग्रीसहित समिट एयरको हेलिकप्टरमार्फत् त्यहाँ पुगेको थियो।

पढ्नुहाेस्ः

सुरुङमा फसेका दुई मजदुरको शव निकालियो (अपडेट)

हाइड्रोपावरको सुरुङभित्र फसेका चार मजदुरको शव भेटियो

बझाङमा हाइड्रोपावरको सुरुङ खन्ने क्रममा चार मजदुर सम्पर्कविहीन

प्रतिक्रिया दिनुहोस्