नेकपा नेता झक्कु सुवेदीलाई हृदयघात

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य झक्कु प्रसाद सुवेदीलाई हृदयघात भएको छ।

आज हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएका सुवेदीको शल्यक्रिया समेत गरिएको छ। उनको अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ।

उपचारमा संलग्न चिकित्कसहरूले उनलाई ‘मेजर हार्टट्याक’ भएको बताएका सुवेदीका आफन्तले जानकारी दिएका छन्।

सुवेदी पहिलो संविधानसभा सदस्य समेत हुन्।

उनले तत्कालीन् नेकपा माओवादीको तर्फबाट २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वार माधवकुमार नेपाललाई पराजित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्