काठमाडौं। २७ चैत २०६४ मा अन्यत्र झैं रौतहट–२ पनि संविधानसभा निर्वाचनको माहोलमा थियो। किनभने भोलिपल्ट ‘एक जुगमा एक दिन’ आउने संविधानसभा निर्वाचन हुँदै थियो। नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम उम्मेद्वार रहेको रौतहट क्षेत्र नम्बर २ अन्तर्गतको तत्कालीन् राजपुर फरहदवा गाविसमा भने त्यो ऐतिहासिक दिन शोकमा डुब्यो।
भोलिपल्ट हुने मतदान आफ्नो पक्षमा पार्न सबै हत्कण्डा प्रयोग गर्ने तयारीमा रहेका आलमले बम बनाउँदै गरेको ठाउँमा विष्फोट भयो। विस्फोटमा घाइते भएका दुई जना नेपाली र २० जना भारतीय समेत २२ जनालाई घटना सार्वजनिक हुन नदिन इँटाभट्टामा जलाएर मारियो।
कहालीलाग्दो यो घटनाको भेउ पीडित परिवारले तत्कालै पाएनन्। जब थाहा पाए, उनीहरूले न्यायका लागि सबैतिर दौडधुप गरे। तर, उनीहरूको गुहार प्रहरी, सरकारी वकीलको कार्यालय जस्ता राज्य संयन्त्रकै बलमा दबाइयो । दिन बिते, महिना बिते, बर्ष बिते । तर, न उनीहरूको माग सम्बोधन भयो, न त उनीहरू हार मानेर चुप नै लागे।
करीब १२ बर्षपछि सर्वोच्च अदालतले उक्त घटनाको अनुसन्धान नगरेकोमा कारवाही किन नगर्ने भनेर प्रहरीलाई नै सोध्यो। यतिन्जेलसम्म त्यो बेलाको सरकारको नेतृत्वकर्ता दल, प्रहरी, महान्यायाधिवक्ताको कार्यालय लगायतका राज्य संयन्त्रले २७ चैतको उक्त बम विस्फोट र त्यसपछि घाइतेलाई जिउँदै जलाइएको घटना भएकै थिएन भन्ने स्थापित गरेका थिए।
सर्वोच्च अदालतको हालैको आदेशपछि अनुसन्धान शुरू गरेको प्रहरीले घटना भएको र उक्त घटनामा आलमको संलग्नता देखिएको निष्कर्षसहितको प्रतिबेदन बुझायो। त्यही प्रतिवेदनका आधारमा रौतहट जिल्ला सरकारी वकीलको कार्यालयले आज आलमसहित ११ जनाविरुद्ध रौतहट जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
पहिलो संविधानसभा निर्वाचनको ठिक एकदिन अघि भएको उक्त बम विस्फोटको घटना स्थापित गर्नका लागि प्रहरीले आफ्नै संगठनका पूर्वप्रमुख सहितका बहालवाला तथा अवकाशप्राप्त अधिकृतहरूलाई रौतहट झिकाएर बयान लिएको थियो। त्यसबेला रौतहट प्रहरीको नेतृत्वमा रहेका तत्कालीन् प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको मृत्यु भइसकेको छ।
रौतहट प्रहरीले यसपटक न्यौपानेबाहेक तत्कालीन् प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकसहित ६ जना प्रहरी अधिकृतसँग बयान लिएको छ।
तत्कालीन् प्रहरी महानिरीक्षक ओमबिक्रम राणा, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक किरणकुमार गौतम, प्रहरी वरिष्ठ उपरीक्षक पुरूषोत्तम कंडेल, तत्कालीन् अनुसन्धान अधिकृत (हाल प्रहरी नायव उपरीक्षक) राजिवबहादुर बस्नेत, तत्कालीन् प्रहरी नायव उपरीक्षक ईन्द्रप्रसाद सुवेदी तथा प्रहरी नायव निरीक्षक ईश्वरबिक्रम शाहसँग बयान लिइएको हो।
उनीहरू सबैले २७ चैतमा बम विस्फोट भएको बयान दिएका छन्।
उनीहरूको यो बयानले घटना नै नभएको भन्ने आलमले बयानका क्रममा गरेको दाबीलाई खण्डन गरेको छ। त्यसैगरी मुद्दा नचलाउने निर्णय लिएका जिल्ला सरकारी वकील कार्यालयका तत्कालीन् न्यायाधिवक्ता (हाल सह–न्यायाधिवक्ता) ध्रुवमणि ज्ञवालीसँग पनि प्रहरीले बयान लिएको छ। उनले आफ्नो निर्णयको बचाउ गरेका छन्।
प्रहरीको कुनै इकाईले १२ बर्षअघिको घटनामा आफ्नै संगठन प्रमुख र सरकारी वकीललाई डाकेर बयान लिएको सम्भवतः यो पहिलो घटना हो। १२ वर्ष पुरानो गम्भीर फौजदारी अपराधको अनुसन्धानको सिलसिलामा प्रहरीले आफ्नै संगठनका पूर्वप्रमुखसहितका अधिकृतहरूलाई जिल्लामा झिकाएर बयान गराएको यो घटना नेपाल प्रहरीको अपराध अनुसन्धानमा एउटा उदाहरण बनेको छ।
पूर्व आईजीपी र एआईजी तथा महान्यायाधिवक्ता कार्यालयका वरिष्ठ अधिकारीलाई अनुसन्धानमा तानिएको यो घटना नेपालको फौजदारी न्याय प्रणालीमा पनि नौलो घटना बनेको छ।
यस्तो छ पूर्वआइजीपसहितका प्रहरी अधिकृतहरू र सह–न्यायाधिवक्ताले दिएको बयानः
ओमबिक्रम राणा, तत्कालीन प्रहरी महानिरीक्षक
(बयान–११ कात्तिक २०७६)
जिल्ला रौतहट राजपुर फरहदवा गाविस–४, हालको राजपुर–४ स्थित आफ्नै काका शेख ईद्रिसको गोठघरमा २७ चैत २०६४ मा अन्दाजी ६ः३० बजे विस्फोट भएको घटनाको सम्बन्धमा अनुसन्धानका लागि खटि आउनु भएका अनुसन्धान अधिकृतले जानकारी गराई घटना विवरणबारे जानकारी मात्र गर्नुभएकोमा मलाई सम्झना भएसम्म त्यसबेला बम विस्फोट भयो, केही मानिस घाइते भएको र केही मृत्यु भएको भन्नेसम्म रिपोर्टिङ भएको थियो भन्ने लाग्छ। र, त्यस्तो रिपोर्टिङ भएपछि निष्पक्ष रूपमा अनुसन्धान गरी कानून बमोजिमको कारवाही गर्नू भन्ने निर्देशन दिएको थिएँ ।
पछि जिल्ला प्रहरी कार्यालय रौतहटले पूर्वमन्त्री मो. अफताब आलमसमेतलाई मुद्दा चलाउने रायसहित सरकारी वकीलको कार्यालय, रौतहटमा मिसिल पेश गरेकोमा निज अफताब आलमसमेतका व्यक्तिहरू हाजिर जमानीमा छुटेको भन्ने सुनेको थिएँ।
किरणकुमार गौतम, तत्कालनी प्रहरी अतिरिक्त महानिरीक्षक
(बयान– ११ कात्तिक २०७६)
२७ चैत २०६४ मा बेलुका र २८ चैत बिहान रौतहटको राजपुर फरहदवामा बिस्फोट भएको र सो बिस्फोटनमा केही व्यक्तिहरू हताहत भएको भन्ने बुझिन आएको छ भनी तत्कालीन् रौतहट जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक स्व. लक्ष्मण न्यौपानेले मलाई जाहेर गरेका थिए। त्यसबखत मैले घटनास्थलमा तत्काल गई कानून बमोजिम गर्नुपर्ने सम्पूर्ण कार्य गर्नुका साथै अनुसन्धानमा कुनै कसर बाँकी नराखी सक्रियताको साथ गर्नू भनी निर्देशनसमेत दिएको हुँ।
ध्रुवमणि ज्ञवाली, सहन्यायाधिवक्ता
(बयान–१४ कात्तिक २०७६)
घर ध्वस्त भइ भत्केको र दर्जनौं मानिस मरेको कुरा सञ्चार माध्यमबाट सार्वजनिक भएको भन्ने कथनबाट नै प्रस्तुत मुद्दाको उठान भई प्रचलित कानून बमोजिम निर्णय गरी तालुक कार्यालयमा निर्णयार्थ मिसिल पेश गरेको हुँ। वारदात स्थापित नभएको, ‘कर्पस डिलेक्सी’ पुष्टि नभएको सुनिजाने प्रमाणको मात्रै बाहुल्य रहेको, यो यो व्यक्ति यो यसको कर्तव्यबाट मारिएका हुन् भन्ने ठोस वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन आएका बखत कानून बमोजिम हुने नै हुँदा हाल कोही कसैउपर मुद्दा नचलाउने भनि निर्णय गरेको हुँ। मेरो निर्णयमा कसूरदार हुने प्रमाणबाट पुष्टि हुन आएका बखत कानून बमोजिम अभियोजन हुनसक्ने भन्ने कुरा उल्लेख भएकै छ।
मैले प्रस्तुत मुद्दामा गरेको निर्णय सम्मानित सर्वोच्च अदालतबाट बदर भइसकेको अवसथमा उक्त निर्णय पश्चात हाल अनुसन्धानबाट स्थापित तथ्यका आधारमा कानून बमोजिम हुन सक्ने कुरालाई मेरो निर्णयले असर पारेको छैन।
पुरूषोत्तम कंडेल, प्रहरी वरिष्ठ उपरीक्षक
(बयान–१५ कात्तिक २०७६)
२७ चैत २०६४ मा अन्दाजी साढे ६ बजेको समयमा मसमेतको मोबाइल टोली गस्तीमा थियौं। अचानक बम पड्केको आवाज आएकोले तत्कालै के हो भनि बुझ्न जाँदै गर्दा तत्कालीन् जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक लक्ष्मण न्यौपालने संचार सेटबाट राजपुरमा बम विष्फोटन भएको भन्ने जानकारी आएको छ, आत्तिएर सबै टोली त्यता मुभ हुँदा बुथमा अर्को दुर्घटना हुनसक्छ, त्यहाँ मैले अ. अ. टोली र अर्को थप मद्दत टोली परिचालन गरीसकेको छु। तपाईं त्यहाँ जानु पर्दैन। आफ्नो एरियाको बुथहरूको सुरक्षालाई ध्यान दिनु भनि निर्देशन दिनुभएकोले म त्यसतर्फ नगई बुथहरूको निरीक्षण–अनुगमन गर्नतर्फ लागें ।
भोलि २८ चैतमा बिहानैदेखि म निर्वाचन सुरक्षार्थ एवम् साँझ निर्वाचन सम्पन्न भएपश्चात सदरमुकामसम्म मतपेटीका संकलनको कार्यमा व्यस्त रहेको र निर्वाचनका कामहरू सकिएपछि सम्बन्धित कार्यालयमा फिर्ता भएको हुँ।
ईन्द्रप्रसाद सुवेदी, तत्कालीन प्रहरी नायव उपरीक्षक
(बयान–९ कात्तिक २०७६)
२८ चैत २०६४ सम्पन्न हुने संविधानसभाको निर्वाचनको लागि मलाई यस जिल्लाको २ नं. क्षेत्रमा मोबाइल कमान्डरको रूपमा इलाका प्रहरी कार्यालय, राजपुर बेस बनाई सोही क्षेत्रको मोबाइल ड्युटी गर्ने गरी खटाइइएकोमा म २७ चैत नै खटी इलाका प्रहरी कार्यालय, राजपुरमा गई बसेको अवस्थामा बेलुका अन्दाजी साढे ६ बजेको समयमा इलाका प्रहरी कार्यालय राजपुरबाट ड्युटी निस्कने तयारी गर्दे गर्दा पश्चिम दिशा तर्फबाट ठूलो धमकासहित विस्फोटको आवाज आयो।
त्यसतर्फ हेर्दा कालो धुँवाको मुस्लो आएको देखें। सो स्थल इलाका प्रहरी कार्यालय राजपुरबाट १ देखि १.५ किमीको दूरीमा रहेको थियो। मैले तत्कालै मोबाईल टोलीलाई लिई घटनास्थलतर्फ जाँदै गरेको अवस्थामा गेटबाट केही पर मात्रै पुग्दा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक स्व. लक्ष्मण न्यौपानेले सञ्चार सेटमा मलाई कल गरी तुरुन्त जिल्ला प्रहरी कार्यालय आउनु भनि आदेश दिनुभएकोमा मैले विस्फोट भएको ठूलो आवाज आएको र त्यसतर्फ जाँदै गरेको रिपोर्टिङ गर्दासमेत त्यसतर्फ अर्को कुनै टोली पठाउँला, तपाई तुरुन्त जिल्ला प्रहरी कार्यालयमा आउनुहोस् भन्ने आदेश पाएपछि म जिल्ला प्रहरी कार्यालयमा फर्कि आएको हुँ।
रौतहट क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेद्वार मोहम्मद अफताव आलमको काकाको कम्पाउण्डमा रहेको खलिहान गोठघरमा बम बिस्फोट भएको सुनेको थिएँ ।
राजीवप्रसाद बस्नेत, तत्कालीन अनुसन्धान अधिकृत, प्रहरी निरीक्षक –हाल–प्रहरी नायव उपरीक्षक)
(बयान– १२ कात्तिक २०७६)
२८ चैतमा म जिल्लाको १ नं. क्षेत्रमा खटिएको थिएँ। मतदानको अघिल्लो दिन २७ चैतमा मलाई जिम्मेवारी दिइएको क्षेत्र नं. १ मा मोबाइल ड्युटी गरी रहेको थिएँ। साढे ६ बजेको समयमा पनि १ नं. क्षेत्रमा नै मोबाइल गस्ती गरिरहेको थिएँ। राति अन्दाजी २, ३ बजे जिल्ला प्रहरी प्रमुख लक्ष्मण न्यौपानेद्वारा २ नं. क्षेत्रमा खटि गई म बिहान अन्दाजी ११ बजेदेखि २ बजेसम्म १ नं. क्षेत्रमा नै खटिएको थिएँ। तत्पश्चात चुनाव शान्तिपूर्वक संचालन गरी सुरक्षितसाथ मतपेटीकाहरू संकलन गरी ल्याउने स्पष्ट जिम्मेवारीका साथ उक्त क्षेत्र नं. २ मा खटिएका प्रनाउ पुरूषोत्तम कंडेलज्यूसँग प्रत्यक्ष मातहतमा रहेर कार्य गर्ने गरी तत्कालीन् कार्यालय प्रमुख स्व. प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेले खटाउनु भएकोमा म राति नै पुगी निज प्रनाउज्यूसँग रिपोर्टिङ गरेको थिएँ। म निर्वाचन अवधिभर निज प्रनाउज्यूसँगै ड्युटी गरेको र निर्वाचन समाप्तपश्चात उक्त क्षेत्रभरीको सम्पूर्ण मतदानस्थलका मतपेटीकाहरू संकलन गरी राति ८/९ बजेको समयमा जिल्ला प्रहरी कार्यालयमा फर्की आएको हुँ।
जाहेरवाला रोक्साना खातुन र श्रीनारायण सिंह राजपुतले प्रतिवादी मोहम्मद अफताब आलामसमेत ५ जनालाई विपक्षी बनाई यस कार्यालयमा किटानी जाहेरी दरखास्त हुलाकमार्फत् पठाएकोमा श्रीमान कार्यालय प्रमुखकै आदेशानुसार ऐजन १४ गतेका दिन (१४ वैशाख २०६५) घटनास्थल भनिएको शेख ईद्रिशको गोठघरमा गई घटनास्थल प्रकृति मुचुल्का गर्दा छानामा ३ वटा नयाँ बाँसको भट्टा लगाएको, दिवाल चर्केको, नयाँ सिमेन्टले दिवाल लगाएको देखी सोही व्यहोराको घटनास्थल प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी कार्यालयमा फर्की आएका हौं।
हुलाकबाट प्राप्त भई आएको जाहेरी दरखास्त ऐ. १८ गतेका दिन (१८ वैशाख २०६५) श्रीमान कार्यालय प्रमुखकै आदेशानुसार जाहेरवालाहरूसँग सनाखत गराई यस कार्यालयको १० नं. डायरीमा कर्तव्य ज्यान शीर्षकमा मुद्दा नं. ७६ दर्ता गरी मुद्दाको अनुसन्धान एवं तहकिकात गर्न हुन भनी श्रीमान कार्यालय प्रमुख प्रहरी उपरीक्षक स्वः लक्ष्मण न्यौपानेले मलाई अनुसन्धान अधिकृत तोक्नु भएकोमा मैले अनुसन्धान गर्दै जाँदा मुद्दाका फरार प्रतिवादी शेख भदईलाई मिति १ असार २०६५ मा पक्राउ गरी अनुसन्धान गर्दै गरेकोमा अन्य प्रतिवादी मोहम्मद अफताब आलम, मोहम्मद महताब आलम, शेख सेराज भन्ने शेष सेराज, मोहम्मद मोबिन आलमसमेतका प्रतिवादीहरू ९ असारको बिहान अन्दाजी १०ः०० बजेसंयुक्त निवेदन साथ कार्यालयमा हाजिर भएका थिए।
श्रीमान कार्यालय प्रमुखकै आदेशानुसार सोही दिन बयान गर्ने लगायतको सम्पूर्ण अनुसन्धान कार्य सम्पन्न गरी घटनाका प्रत्यक्षदर्शी शैलेन्द्र साह समेतको संयुक्त निवेदन, रोक्शाना खातुन, श्रीनारायण सिंह राजपूतसमेतको किटानी जाहेरी दरखास्त, घटनास्थल प्रकृति मुचुल्का, मौकामा घटना प्रत्यक्ष रूपमा देख्ने प्रत्यक्षदर्शी सराजुल मियाले गरी दिएको घटना विवरण कागज, समसुल मिया, मोहम्मद जाजुल मिया, मृतक ओसी अख्तरको श्रीमती आमना खातुनले गरी दिएको कागज, ओहित मिया कवाडी, सहजान खातुन, कलाम मिया, जफरुल मिया समेतका मानिसहरूले गरी दिएको कागज र मृतक ओसी अख्तरको जुत्ता, मोजा, हाईनेक (स्वीटर) समेत घटनास्थलमा फेला परेको कारण समेतका यी सबुत प्रमाणबाट प्रतिवादी मोहम्मद अफताब आलम समेतका प्रतिवादीहरूको घटनामा संलग्न रहेको प्रष्ट देखिन आएको हुँदा प्रतिवादी मोहम्मद अफताब आलाम समेत उपर मुलुकी ऐन २०२० ज्यान सम्बन्धी महलको १ नं. विपरीत १३(१) नं. बमोजिमको परिभाषित कसूर अपराधमा निज प्रतिवादीहरूलाई ऐजन ऐनको दफा १३(१) नं. बमोजिम सजाय गरी पाऊँ भनी मागदाबीसहित निज प्रतिवादीहरू तथा सक्कल र नक्कल मिसिल केस फायल सोही दिन जिल्ला सरकारी वकील कार्यालय रौतहटमा पेश गरिएको थियो।
सोही जिल्ला न्यायाधिवक्ता ध्रुवमणि ज्ञवाली ज्यूबाट हाल सबूत प्रमाणको अभावमा कोही कसैउपर मुद्दा नचल्ने निर्णय भएको र निज प्रतिवादीहरूलाई खोजी भएका बखत उपस्थित गराउने गरी माथवर व्यक्तिको जिम्मा जमानीमा छाडिदिनु हुन भनी पत्रादेशानुसार निज प्रतिवादीहरूलाई छाडिएको हो। यी संकलित सबूत, प्रमाण र प्रत्यक्षदर्शीले गरी दिएको कागजसमेतबाट घटना वास्तविक हो।
ईश्वरविक्रम शाह, प्रहरी नायव निरीक्षक
(बयान–१३ कात्तिक २०७६)
म २०६४ साल वैशाख महीनाको करिब १९/२० गतेका दिन इलाका प्रहरी कार्यालय राजपुर प्रमुखको रूपमा खटी गएको हुँ। २०६४ सालको संविधानसभाको मतदान हुने दिन चैत २८ गतेभन्दा पाँच दिन अगावै मिति २४ चैत २०६४ मा सीमा प्रहरी चौकी बन्जरहामा रहेको मोबाइल २ बेसमा खटिएकोमा २७ चैतमा बेलुकी १८ः३० बजेको समयमा सोही बेसमा नै थिएँ। भोलिपल्ट मतदान सम्पन्न भएपश्चात मतपेटिकासहित निर्वाचन कार्यालयमा फिर्ता भई मतपेटिकाहरू बुझाई जिल्ला प्रहरी कार्यालय रौतहटमा आई २९ चैतमा म कार्यरत रहेको इलाक प्रहरी कार्यालय राजपुरमा फिर्ता भई गएको हुँ।
सो घटना सम्बन्धमा गाउँघरमा स्थानीय मानिसहरूले गाइँगुइँ कुराकानी गर्दा र मिडियामार्फत् सुनी थाहा पाएको हुँ। घटनास्थलमा पुगेका मानव अधिकार इन्सेकको टोली तथा पीडितसमेतलाई यी प्रतिवादीहरूले स्थानीय मानिसहरूसँग भेट्न नदिई घरमा नयाँ भुस राखिएको उक्त भुस निकाली हेर्न भन्दा मानवअधिकारकर्मी दीपेन्द्र झा र पीडित पक्षसमेतलाई यी प्रतिवादीहरू तथा स्थानीय वासिन्दासमेतले आक्रमण गर्ने प्रयास गरिरहेका छन् भन्ने कुराको जानकारी पाउनासाथ म तुरुन्तै घटनास्थल शेष ईद्रिसको गोठ घरतर्फ जाँदा करीब ५०० जति पुरुष, महिलासमेतका मानिसहरूले घेराउ गरिरहेको अवस्थामा मसहितको प्रहरी टोली पुगी मानवअधिकारकर्मी दीपेन्द्र झासहितको टोलीलाई सुरक्षित साथ इलाका प्रहरी कार्यालय राजपुर रौतहटमा ल्याएका हौं। सो ठाउँबाट मानव अधिकारकर्मीको टोली आ–आफ्नो गन्तव्यतर्फ फर्की गएको हो ।
पढ्नुहाेस्
आलमविरूद्ध जन्मकैदको सजाय मागदाबी गर्दै मुद्दा दायर
रौतहट हत्याकाण्डमा ११ जनाविरूद्ध मुद्दा दर्ता हुँदै, आलमका भाइसहित १० जना अझै फरार
पूर्वमन्त्री आलमलाई जन्मकैद सजाय माग दाबी
रौतहट हत्याकाण्ड हुँदा त्यहाँ कार्यरत प्रहरी निरीक्षकहरूलाई सोधपुछका लागि बोलाइयो
रौतहट हत्याकाण्डका आरोपी आलमलाई थप ८ दिन थुनामा राखिने
रौतहट हत्याकाण्डका आरोपी आलमले के भने चार घण्टा लामो बयानमा ? (सवाल-जवाफसहित)
पूर्वमन्त्री आलमलाई म्याद थपका लागि अदालत पुर्याइयो
पूर्वमन्त्री आलमलाई थुनामा राख्न ५ दिन म्याद थप
पूर्वमन्त्री आलमलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
संसदले जारी गर्यो कांग्रेस सांसद आलम निलम्बनको सूचना
सामूहिक हत्या आरोपको १२ वर्षपछि पक्राउ परे कांग्रेस सांसद आलम
" /> काठमाडौं। २७ चैत २०६४ मा अन्यत्र झैं रौतहट–२ पनि संविधानसभा निर्वाचनको माहोलमा थियो। किनभने भोलिपल्ट ‘एक जुगमा एक दिन’ आउने संविधानसभा निर्वाचन हुँदै थियो। नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम उम्मेद्वार रहेको रौतहट क्षेत्र नम्बर २ अन्तर्गतको तत्कालीन् राजपुर फरहदवा गाविसमा भने त्यो ऐतिहासिक दिन शोकमा डुब्यो।

">