काठमाडौं। जडिबुटी र आयुर्वेद औषधिको अनुसन्धान गर्नेगरी आयुर्वेद विश्वविद्यालय स्थापना गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको हिजोको बैठकमा उपस्थित भएका विज्ञहरूले योगमाया आयुर्वेद विश्वविद्यालयलाई शिक्षामा मात्र केन्द्रित नगरी अनुसन्धान गर्ने विश्वविद्यालयको रूपमा विकास गर्न सुझाव दिएका छन्। 

नेपाल खुला विश्व विद्यालयका उपकुलपति लेखनाथ शर्माले एप्लाइड साइन्सको विश्वविद्यालय भएकाले अनुसन्धान युनिट नभई नहुने बताए। उनले हिमाल, पहाड र तराईमा भएका जडिबुटीबाट औषधि उत्पादन गर्ने गरी विश्वविद्यालयको संरचना निर्माण गर्न नियम ल्याउन मिल्नेगरी ऐन ल्याउनुपर्ने बताए। 

वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले विश्वविद्यालयको क्षेत्राधिकार नै तोक्नुपर्ने बताए। जडिबुटी प्रसोधन गर्नका लागि अनुसन्धान आवश्यक पर्ने भएकाले विश्वविद्यालयले गर्ने कामको विषयलाई क्षेत्राधिकार भित्र व्याख्या गरेर जानुपर्ने उनको भनाइ छ। उनले विश्वविद्यालयलाई गभर्निङ काउन्सिलको अवधारणा अनुसार लैजानेगरी ऐन निर्माण गर्न सुझाव दिए। काउन्सिलले निर्वाचित गरेको काउन्सिल, प्रादेशिक र स्थानीय प्रतिनिधित्वसहितको तीन सदस्यीय सर्च कमिटीले पदाधिकारी नियुक्त गर्ने व्यवस्था गर्दा स्थानीय प्रतिनिधित्व हुन सक्ने बताए।

नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले विश्वविद्यालयलाई शिक्षामा मात्र केन्द्रित नगरेर अनुसन्धानमा ध्यान दिनुपर्ने बताए। प्रदेश र स्थानीय तहको स्वामित्व हुने गरी विश्वविद्यालयको संरचना निर्माण गर्दा सबैको अपनत्व देखिने उनको भनाइ छ। बैठकमा सांसदहरूले प्राचीन दर्शनमा आधारित आयुर्वेद विज्ञान सम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धानका लागि योगमाया विश्वविद्यालय महत्वपूर्ण हुने बताएका छन्। सांसदहरूले आयुर्वेद चिकित्सकको क्षेत्रमा अनुसन्धान गर्न अवरोध नहुने गरी विश्वविद्यालयको ऐन निर्माण गर्ने विषयमा आफूहरूको ध्यान गएको बताएका छन्। 

" /> काठमाडौं। जडिबुटी र आयुर्वेद औषधिको अनुसन्धान गर्नेगरी आयुर्वेद विश्वविद्यालय स्थापना गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको हिजोको बैठकमा उपस्थित भएका विज्ञहरूले योगमाया आयुर्वेद विश्वविद्यालयलाई शिक्षामा मात्र केन्द्रित नगरी अनुसन्धान गर्ने विश्वविद्यालयको रूपमा विकास गर्न सुझाव दिएका छन्। 

नेपाल खुला विश्व विद्यालयका उपकुलपति लेखनाथ शर्माले एप्लाइड साइन्सको विश्वविद्यालय भएकाले अनुसन्धान युनिट नभई नहुने बताए। उनले हिमाल, पहाड र तराईमा भएका जडिबुटीबाट औषधि उत्पादन गर्ने गरी विश्वविद्यालयको संरचना निर्माण गर्न नियम ल्याउन मिल्नेगरी ऐन ल्याउनुपर्ने बताए। 

वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले विश्वविद्यालयको क्षेत्राधिकार नै तोक्नुपर्ने बताए। जडिबुटी प्रसोधन गर्नका लागि अनुसन्धान आवश्यक पर्ने भएकाले विश्वविद्यालयले गर्ने कामको विषयलाई क्षेत्राधिकार भित्र व्याख्या गरेर जानुपर्ने उनको भनाइ छ। उनले विश्वविद्यालयलाई गभर्निङ काउन्सिलको अवधारणा अनुसार लैजानेगरी ऐन निर्माण गर्न सुझाव दिए। काउन्सिलले निर्वाचित गरेको काउन्सिल, प्रादेशिक र स्थानीय प्रतिनिधित्वसहितको तीन सदस्यीय सर्च कमिटीले पदाधिकारी नियुक्त गर्ने व्यवस्था गर्दा स्थानीय प्रतिनिधित्व हुन सक्ने बताए।

नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले विश्वविद्यालयलाई शिक्षामा मात्र केन्द्रित नगरेर अनुसन्धानमा ध्यान दिनुपर्ने बताए। प्रदेश र स्थानीय तहको स्वामित्व हुने गरी विश्वविद्यालयको संरचना निर्माण गर्दा सबैको अपनत्व देखिने उनको भनाइ छ। बैठकमा सांसदहरूले प्राचीन दर्शनमा आधारित आयुर्वेद विज्ञान सम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धानका लागि योगमाया विश्वविद्यालय महत्वपूर्ण हुने बताएका छन्। सांसदहरूले आयुर्वेद चिकित्सकको क्षेत्रमा अनुसन्धान गर्न अवरोध नहुने गरी विश्वविद्यालयको ऐन निर्माण गर्ने विषयमा आफूहरूको ध्यान गएको बताएका छन्। 

"> आयुर्वेद विश्वविद्यालय स्थापना गर्न सुझाव: Dekhapadhi
फाइल तस्वीर।
आयुर्वेद विश्वविद्यालय स्थापना गर्न सुझाव <p style="text-align:justify">काठमाडौं। जडिबुटी र आयुर्वेद औषधिको अनुसन्धान गर्नेगरी आयुर्वेद विश्वविद्यालय स्थापना गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको हिजोको बैठकमा उपस्थित भएका विज्ञहरूले योगमाया आयुर्वेद विश्वविद्यालयलाई शिक्षामा मात्र केन्द्रित नगरी अनुसन्धान गर्ने विश्वविद्यालयको रूपमा विकास गर्न सुझाव दिएका छन्।&nbsp;</p> <p style="text-align:justify">नेपाल खुला विश्व विद्यालयका उपकुलपति लेखनाथ शर्माले एप्लाइड साइन्सको विश्वविद्यालय भएकाले अनुसन्धान युनिट नभई नहुने बताए। उनले हिमाल, पहाड र तराईमा भएका जडिबुटीबाट औषधि उत्पादन गर्ने गरी विश्वविद्यालयको संरचना निर्माण गर्न नियम ल्याउन मिल्नेगरी ऐन ल्याउनुपर्ने बताए।&nbsp;</p> <p style="text-align:justify">वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले विश्वविद्यालयको क्षेत्राधिकार नै तोक्नुपर्ने बताए। जडिबुटी प्रसोधन गर्नका लागि अनुसन्धान आवश्यक पर्ने भएकाले विश्वविद्यालयले गर्ने कामको विषयलाई क्षेत्राधिकार भित्र व्याख्या गरेर जानुपर्ने उनको भनाइ छ। उनले विश्वविद्यालयलाई गभर्निङ काउन्सिलको अवधारणा अनुसार लैजानेगरी ऐन निर्माण गर्न सुझाव दिए। काउन्सिलले निर्वाचित गरेको काउन्सिल, प्रादेशिक र स्थानीय प्रतिनिधित्वसहितको तीन सदस्यीय सर्च कमिटीले पदाधिकारी नियुक्त गर्ने व्यवस्था गर्दा स्थानीय प्रतिनिधित्व हुन सक्ने बताए।</p> <p style="text-align:justify">नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले विश्वविद्यालयलाई शिक्षामा मात्र केन्द्रित नगरेर अनुसन्धानमा ध्यान दिनुपर्ने बताए। प्रदेश र स्थानीय तहको स्वामित्व हुने गरी विश्वविद्यालयको संरचना निर्माण गर्दा सबैको अपनत्व देखिने उनको भनाइ छ। बैठकमा सांसदहरूले प्राचीन दर्शनमा आधारित आयुर्वेद विज्ञान सम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धानका लागि योगमाया विश्वविद्यालय महत्वपूर्ण हुने बताएका छन्। सांसदहरूले आयुर्वेद चिकित्सकको क्षेत्रमा अनुसन्धान गर्न अवरोध नहुने गरी विश्वविद्यालयको ऐन निर्माण गर्ने विषयमा आफूहरूको ध्यान गएको बताएका छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्