स्याङ्जामा कीर्ते नागरिकता बनाइदिएकाे आराेपमा वृद्ध पक्राउ <p>स्याङ्जा। झुठो विवरण पेश गरी कीर्ते नागरिकता बनाइदिएको आराेपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।</p> <p>पक्राउ पर्नेमा स्याङ्जाको आँधीखोला गाउँपालिका&ndash;४ का ७६ वर्षीय सर्वजीत सुनार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए।</p> <p>प्रहरीका अनुसार सुनारले २०६० माघ २० गते जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट कास्की पोखरा महानगरपालिका&ndash; ३० का डिलबहादुर श्रेष्ठको ३३ वर्षीय छोरा शङ्कर श्रेष्ठलाई आफ्नै छोरा हो भनी झुठो विवरण पेश गरी नागरिकता बनाइदिएका थिए।</p> <p>झुठो विवरण दिएर नागरिकता बनाइदिएको खुल्न आएपछि प्रहरीले &lsquo;नागरिकतासम्बन्धी कसूर&rsquo; मुद्दा दर्ता गरी प्रतिवादी सुनारलाई पक्राउ गरेर स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता भण्डारीले बताए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्