भीमफेदी-कुलेखानी सुरुङमार्गको अध्ययन पूरा, माघमा टेन्डर
हेटाैंडा। प्रदेश ३ को राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौंको आवतजावतलाई सहज बनाउन प्रदेश सरकारले भीमफेदी–कुलेखानी सुरुङमार्गको प्राविधिक र कानूनी अध्ययन पूरा गरेको छ।

“माघको पहिलो सातासम्ममा टेण्डर आव्हान गर्ने तयारीमा छौं,” भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले भने, “मन्त्रालयका कर्मचारी र प्राविधिक त्यही काममा जुटिरहेका छन्।”

सचिव भट्टले तीन वर्षभित्र सुरुङमार्ग निर्माण भइसक्ने बताएका छन्।

सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो वर्षको नीति तथा कार्यक्रममा गौरवको आयोजनाको रूपमा अगाडि सारेको थियो।

निजी कम्पनीको केन्द्र सरकारसँगको सम्झौता अवधि बाँकी नै रहेका कारण पहिलो वर्ष प्रदेशले उक्त मार्ग निर्माण गर्ने आधार बनाउन सकेन।

तर, यस वर्ष भने कानूनी तथा प्राविधिक तयारी पूरा गरेर प्रदेश सरकार आफैंले केन्द्र र स्थानीय तहसँग समेत सहकार्य गर्ने गरी काम शुरू गरेको छ।

भीमफेदी–कुलेखानीसम्मको सुरुङ ३ किलोमिटर लामो र १० मिटर चौडाइको हुनेछ।

उक्त सुरुङ निर्मण भएपछि हेटौंडाबाट राजधानी प्रवेश गर्ने जोखिमयुक्त मोटरबाटो पार हुनुका साथै करीब १५ किलोमिटर सडकको दूरी छोटिने आजको कान्तिपुरमा समाचार छ।

“करीब १२ अर्ब लगानीमा सुरुङमार्ग निर्माण गरिने प्रारम्भिक अनुमान गरेका छौं,” प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्