काठमाडौं। गुगल कम्पनीले भारतमा ७५ हजार करोड लगानी गर्ने भएको छ। कम्पनीका सीईओ सुन्दर पिचाईले सोमबार गुगल फर इन्डिया नामक वार्षिक कार्यक्रममा यो घोषणा गरेका हुन्। कोरोना महामारीका कारण कार्यक्रम भर्चुअल भएको थियो।
भारतको डिजिटल अर्थव्यवस्थालाई बलियो पार्न गुगल कम्पनीले यो लगानी गर्न लागेको पिचाईले बताए। कोभिड-१९ महामारीका बीच अनलाइन लाइफलाइन बन्दै गएको उनको भनाइ थियो।
‘‘गुगल कम्पनीको यो फैसलाले के देखाउँछ भने, भारत विदेशी लगानीका लागि आकर्षक मुलुक बन्दै गएको छ,’’ उनले भने, ‘‘गुगलको लगानीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘डिजिटल इन्डिया’ परियोजनालाई पूरा गर्न मद्दत गर्ने छ।’’
गुगल फर इन्डिया सर्वप्रथम २०१५ मा आयोजना गरिएको थियो। त्यसपछि हरेक वर्ष यो कार्यक्रम हुँदै आएको छ। सोमबार छैटौं कार्यक्रम सम्पन्न भएको हो। गुगलले भारतमा आफ्नो भविष्यको योजनाबारे मानिसलाई कार्यक्रम गरेर जानकारी दिँदै आएको छ।
सोमबार प्रधानमन्त्री मोदीले पिचाईसँग कुरा गरेका थिए। मोदीले ट्वीटमार्फत् आफूले पिचाईसँग यसबारे कुराकानी गरेको उल्लेख गरेका छन्। मोदीले गुगलको तारिफ गरेका छन्। बीबीसी
" /> काठमाडौं। गुगल कम्पनीले भारतमा ७५ हजार करोड लगानी गर्ने भएको छ। कम्पनीका सीईओ सुन्दर पिचाईले सोमबार गुगल फर इन्डिया नामक वार्षिक कार्यक्रममा यो घोषणा गरेका हुन्। कोरोना महामारीका कारण कार्यक्रम भर्चुअल भएको थियो।भारतको डिजिटल अर्थव्यवस्थालाई बलियो पार्न गुगल कम्पनीले यो लगानी गर्न लागेको पिचाईले बताए। कोभिड-१९ महामारीका बीच अनलाइन लाइफलाइन बन्दै गएको उनको भनाइ थियो।

">