शुरू भयो आलमको बयान (अपडेट)

रौतहट। १२ वर्ष पहिलेको सामूहिक हत्याकाण्डमा पूर्वमन्त्री मोहम्मद अफताव आलमसहित ११ जनाविरूद्ध अदालतमा दायर मुद्दामा आलमको बयान शुरू भएको छ। जिल्ला अदालत रौतहटमा बयानका लागि आलमलाई बिहान सवा १० बजे नै प्रहरीले उपस्थित गराएकोमा ३ बजे मात्र बयान शुरू भएको हो।

प्रतिवादीका तर्फका अधिवक्ताहरूले मुद्वाको मिसिलको पूरै फोटोकपी उपलब्ध गराउन माग गरेपछि आलमको बयान ढिलाे भएकाे थियो।

जिल्ला सरकारी वकील कार्यालय ३९ पृष्ठको अभियोग पत्र र ८३३ पृष्ठ लामो मिसिल बुझाएको छ। आलमविरुद्ध हिजो १८ कात्तिकमा अदालतमा मुद्दा दायर गरिएको थियो।

प्रहरीले रौतहट सदरमुकाम गौरको सुरक्षा व्यवस्था कडा पारेको छ। आलम समर्थकले प्रदर्शन लगायतका गतिविधि गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ। अदालत परिसरमा ठूलो संख्यामा नेपाल प्रहरि र शसस्त्र प्रहरी खटाइएको छ।

आलमविरूद्ध कर्तव्य ज्यान, विष्फोटक पदार्थ भण्डारण र प्रयोग तथा ज्यान मार्ने उद्योगमा छुट्टाछुट्टै अभियोग पत्र दायर गरिएको छ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैद, ज्यान मार्ने उद्योगमा १० वर्षसम्म कैद र एक लाख रूपैयाँसम्म जरिवाना तथा विष्फोटक पदार्थ भण्डारण र प्रयोगमा दुई वर्षसम्म कैद र दुई हजार रूपैयाँसम्म जरिवाना माग गरिएको छ।

अफतावमाथि २२ जना व्यक्तिहरूलाई इँटाभट्टामा हालेर जिउँदै जलाएको अभियोग लागेको छ।

२०६४ को संविधासभा निर्वाचनका बेला बम बनाउँदै गरेको स्थानमा विस्फोट भएपछि घटना ढाकछोप गर्न घाइते भएकाहरूलाई जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो।

सरकारी वकीलको कार्यालयले अभियुक्त बनाएका ११ जनामध्ये अफताव मात्रै पक्राउ परेका छन्। बाँकी १० जना फरार छन्।

पढ्नुहाेस्

बयानका लागि आलमलाई अदालत उपस्थित गराइयो, सुरक्षा व्यवस्था कडा

आलमलाई जन्मकैदमा तान्ने प्रहरीको त्यो अनुसन्धान

आलमविरूद्ध जन्मकैदको सजाय मागदाबी गर्दै मुद्दा दायर

रौतहट हत्याकाण्डमा ११ जनाविरूद्ध मुद्दा दर्ता हुँदै, आलमका भाइसहित १० जना अझै फरार

पूर्वमन्त्री आलमलाई जन्मकैद सजाय माग दाबी

रौतहट हत्याकाण्ड हुँदा त्यहाँ कार्यरत प्रहरी निरीक्षकहरूलाई सोधपुछका लागि बोलाइयो

रौतहट हत्याकाण्डका आरोपी आलमलाई थप ८ दिन थुनामा राखिने

रौतहट हत्याकाण्डका आरोपी आलमले के भने चार घण्टा लामो बयानमा ? (सवाल-जवाफसहित)

पूर्वमन्त्री आलमलाई म्याद थपका लागि अदालत पुर्‍याइयो

पूर्वमन्त्री आलमलाई थुनामा राख्‍न ५ दिन म्याद थप

पूर्वमन्त्री आलमलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

संसदले जारी गर्‍यो कांग्रेस सांसद आलम निलम्बनको सूचना

सामूहिक हत्या आरोपको १२ वर्षपछि पक्राउ परे कांग्रेस सांसद आलम