काठमााडौं। गणपुरक संख्या नपुगेपछि संघीय संसद अन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको छ।
आज बिहान सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरूको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो। आज राजस्व सचिव शिशिरकुमार ढुंगाना र सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्रीसहित समितिका केही सदस्य मात्रै उपस्थित थिए।
बैठकका लागि ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल गर्ने कार्यसूची तय गरिएको थियो। तर, समितिका सदस्यहरूको गणपुरक संख्या नपुगेपछि बैठक २८ कात्तिकसम्मका लागि स्थगित गरिएको छ।
२८ कात्तिक बिहान ११ बजे बैठक बस्ने गरी आज बोलाइएको बैठक स्थगित गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए।
" /> काठमााडौं। गणपुरक संख्या नपुगेपछि संघीय संसद अन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको छ।आज बिहान सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरूको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो। आज राजस्व सचिव शिशिरकुमार ढुंगाना र सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्रीसहित समितिका केही सदस्य मात्रै उपस्थित थिए।

">