बंगलादेशमा हुने एभिसी सेन्ट्रल जोनका लागि नेपाली टोली घोषणा, ६ नयाँ खेलाडी
काठमाडौं। बंगादेशमा आयोजना हुने प्रथम एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिप २०१९ को लागि नेपाली महिला टोली घोषणा भएको छ।

नेपाल भलिबल संघ एनभीएले आज अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको हो।

अरुणा शाहीको कप्तानीमा रहने टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा कुमारी विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन्।

थाइल्याण्डमा गरेको प्रशिक्षण र मैत्रीपूर्ण खेलमा गरेको प्रदर्शनको आधारमा टोली छनोट गरिएको हो।

कप्तान शरुणासहित प्रतिभा, सरस्वती, रेश्मा, कमला र उषा यसअघि नै राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन्। बाँकी ६ जना भने पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन्।

पहिलो पटक महिला भलिबलको सेन्ट्रल जोन आयोजना हुन लागेको हो। जुन २२ देखि २७ कात्तिकसम्म आयोजना हुनेछ।

थाइल्याण्डमा करीब तीन साताको वैदेशिक प्रशिक्षणपछि १८ असोजमा नेपाली महिला टोली स्वदेश फर्किएको हो।

आगामी मंसीरमा नेपालमै आयोजना हुन गइरहेको १३औं दक्षिण एशियाली खेलकुद (साग)लाई सेन्ट्रल जोनको सहभागिताले सहयोग पुग्ने संघले जनाएको छ।

यस्तो छ टाेली :

अरुणा शाही (कप्तान)
प्रतिभा माली
सरस्वती चौधरी
निरुता ठगुन्ना
जानकी भण्डारी
सोफिया पुन
उषा कुमारी विष्ट
सुनिता खड्का
कमला पुन
रेश्मा भण्डारी
पुनम चन्द
सलिना श्रेष्ठ (लिब्रो)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्