काठमाडौं। अलराउण्डर पारस खड्का र युवा लेगस्पीनर सन्दीप लामिछानेले बंगलादेशमा हुने एसीसी इमर्जिङ टिम्स एशिया कप २०१९ नखेल्ने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले पारस र सन्दीपले यसपटक इमर्जिङ कप नखेल्ने बताए।
इमर्जिङ कप १२ देखि २४ नोभेम्बरमा बंगलादेशमा आयोजना हुँदैछ। पारस र सन्दीपले यसअघि नै यूएईमा हुने आबुधाबी टी–१० खेल्ने निर्णय गरिसकेकोले इमर्जिङ कपमा उपलब्ध हुन नसक्ने जानकारी गराएको प्याकुरेलले बताए।
“पारस र सन्दीपले यूएईमा टी–१० लिग खेल्न जाने भनेर क्यानसँग नो अब्जेक्सन लेटर (एनओसी) माग्नुभाथ्यो। यो पटकलाई हामीले उहाँहरूलाई एनओसी दिएका छौँ। किनकी इमर्जिङ कपमा अन्तिम समयमा आएर मात्र नेपालले खेल्ने भयो” प्याकुरेलले देखापढीसँग भने।
दुवै खेलाडीले पहिले नै यसबारे प्रशिक्षकलाई समेत जानकारी गराइसकेको र प्रशिक्षकले पनि स्वीकृति दिइसकेकोले आफूहरूले एक पटकका लागि स्वीकृति दिएको सचिव प्याकुरेलले बताए। “उहाँहरूले कोचसँग पहिल्यै कुरा गरेर टी–१० को लागि कमिटमेन्ट गरेको भनेर भन्नुभाछ। कोचले पहिल्यै हुन्छ भनी ‘अप्रुभल’ दिइसकेको अवस्थामा क्यानले दिन्न भन्न असहज भयो” प्याकुरेलले भने, “त्यसैले यो पटक हामीले उहाँहरूलाई अप्रुभल दिंदैछौँ। तर, नेशनल ड्युटीहरूलाई आगामी दिनमा उहाँहरूले कमिटमेन्ट गर्नुपर्छ भनेर हामी सजग गराउनेछौँ।”
क्यान सचिव प्याकुरेलले इमर्जिङ कपको लागि अब छिट्टै नेपाली टोली घोषणा हुने बताए। “एक/दुई दिनमा टोली घोषणा हुन्छ। “हामीले फाइनलाइज गरिसकेका छौँ। अन्तिममा आएर रप्लेसमेन्ट गर्नुपर्ने भएर अलिकति समय लागेको हो। भोलिसम्म हुन्छ” प्याकुरेलले भने।
पारसले २८ असोजमा कप्तानबाट राजीनामा दिएका थिए। त्यसको दुई सातापछि ज्ञानेन्द्र मल्ल नेपालको नयाँ कप्तान बनेका छन्। अब ज्ञानेन्द्रकै कप्तानीमा इमर्जिङ टीम खेल्ने नेपाली टोली घोषणा हुनेछ। यसअघि पनि नेपालले ज्ञानेन्द्रको कप्तानीमा इमर्जिङ कप खेलिसकेको छ।
८ राष्ट्रले प्रतिस्पर्धा गर्ने यस प्रतियोगितामा सहभागी टोलीले १५ खेलाडी राख्न पाउनेछ। जसमा ११ खेलाडी २३ वर्ष मुनिका हुनैपर्ने नियम छ। बाँकी चार खेलाडी २३ वर्ष माथिका हुनेछन्।
परासले पहिलो पटक विदेशी लिग खेल्ने
३२ वर्षीय अलराउण्डर पारस खड्काले पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन्। यूएईमा १५–२४ मा हुने आबुधाबी टी–१० लिगमा पारसले नयाँ टोली ‘टीम आबुधाबी’बाटै खेल्ने भएका हुन्।
उनी १० हजार अमेरिकी डलर अनुबन्ध भएका हुन्।
गत वर्ष नै टी–१० लिग खेलेका सन्दीपले यस सिजन कर्नाटका टस्कर्सबाट टी–१० लिग खेल्दैछन्। सन्दीपको यो दोस्रो सिजन हो। उनी ४५ हजार अमेरिकी डलरमा अनुबन्ध भएका हुन्। सन्दीपले गत वर्ष केरला किंग्सबाट खेलेका थिए।
सन्दीपको टीमको आइकोनिक खेलाडी दक्षिण अफ्रिकाका हामसिम अमला छन् भने पारसको टीमको आइकोनिक खेलाडी इंग्ल्याण्डका मोइन अली हुन्।
१० दिन सञ्चालन हुने टी–१० लिग क्रिकेटको नयाँ फर्म्याट हो। यसमा १०–१० ओभरको खेल हुनेछ। एक जनाले एउटा खेलमा २ ओभर मात्र बलिङ गर्न पाउनेछन्।
आबुधाबीको शेख जायद क्रिकेट रंगशालामा हुने टी–१० लिगमा कर्नाटका टस्कर्स , टीम अबुधावी, मराथा अरेबीयन्स, बेंग्लोर टाइगर्स, डेकन ग्लाडिएटर्स, कलन्दर्स, दिल्ली बुल्स र नर्दन वारियर्सले प्रतिस्पर्धा गर्नेछन्।
" /> काठमाडौं। अलराउण्डर पारस खड्का र युवा लेगस्पीनर सन्दीप लामिछानेले बंगलादेशमा हुने एसीसी इमर्जिङ टिम्स एशिया कप २०१९ नखेल्ने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले पारस र सन्दीपले यसपटक इमर्जिङ कप नखेल्ने बताए।इमर्जिङ कप १२ देखि २४ नोभेम्बरमा बंगलादेशमा आयोजना हुँदैछ। पारस र सन्दीपले यसअघि नै यूएईमा हुने आबुधाबी टी–१० खेल्ने निर्णय गरिसकेकोले इमर्जिङ कपमा उपलब्ध हुन नसक्ने जानकारी गराएको प्याकुरेलले बताए।

">