काठमाडौं। धरहरा पुनर्निर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टाइनमा राखिएको छ।
सरकारले गत ११ चैतदेखि लकडाउन गरेपछि नियमित रूपमा काम गरिरहेका कामदार घर गएका थिए। रोकिएको काम अघि बढाउन पुनर्निर्माण गर्न सप्तरीबाट केही दिनअघि ७० कामदार ल्याइएको थियो।
उनीहरूलाई क्वारेन्टाइनमा राखिएको र पीसीआर परीक्षणपछि मात्र काममा लगाइने जनाइएको छ।
कोरोना संक्रमण जोखिमका कारण पछिल्लो समय बाहिरी जिल्लाबाट ल्याइएका कामदारको कोभिड-१९ परीक्षणपछि मात्र काममा लगाउनका लागि क्वारेन्टाइनमा राखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए।
अहिले उनीहरूको परीक्षणको लागि नमूना संकलन भइरहेको छ। परीक्षणपछि काममा लगाइने उनले बताए । उनले भने-“अहिले धरहराको पुनर्निर्माणको लागि ३५ कामदार नियमित रूपमा लागिरहेका छन्। हालसम्मा ३९ प्रतिशत काम सम्पन्न भएको छ।”
भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्सनले धरहराको पुनर्निर्माण शुरु गरेको छ। निर्माणको लागि तीन अर्ब ४८ करोड लाग्ने जनाइएको छ। रासस
" /> काठमाडौं। धरहरा पुनर्निर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टाइनमा राखिएको छ।सरकारले गत ११ चैतदेखि लकडाउन गरेपछि नियमित रूपमा काम गरिरहेका कामदार घर गएका थिए। रोकिएको काम अघि बढाउन पुनर्निर्माण गर्न सप्तरीबाट केही दिनअघि ७० कामदार ल्याइएको थियो।

">