तीन अर्बको ऋणपत्र जारी गर्दै सनराईज बैंक
काठमाडौं। सनराईज बैंकले व्यापार विस्तारका लागि थप तीन अर्बको ऋणपत्र जारी गर्ने भएको छ।

बैंकले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुककै पूँजी बजारको विस्तारका लागि भोलि, २० कात्तिकदेखि तीन अर्बको रकम बराबरको ऋणपत्र निश्कासन गर्ने जानकारी गराएको हो। वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदरमा ऋणपत्र जारी हुँदैछ।

निरन्तर उच्च प्रतिफल लिईरहने ग्राहकका लागि उक्त ऋणपत्र अति उपयोगी हुने बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले जानकारी दिए।

बैंकको ऋणपत्र ७ वर्ष अवधिको हुनेछ। त्यसको ब्याजको भुक्तानी ६/६ महिनामा गर्ने योजना पनि तय गरिएको बैंकले जनाएको छ।

बैंकको ऋणपत्र चाँडोमा २४ कात्तिक र त्यसभित्र बिक्री नभएमा १९ मंसीरसम्म विक्री खुला हुने समय पनि निर्धारण गरिएको छ।

ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धक भने सिद्धार्थ क्यापिटल रहेको छ। ऋण पत्रका लागि बैंकको सबै कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्