राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रथम वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको प्रथम वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा अध्यक्ष अन्सारीले आयोगले आर्थिक वर्ष २०७५/०७६ मा सम्पादन गरेको वार्षिक कार्य प्रगति, भावी कार्यदिशा, मुसलमान समुदायको शिक्षाको अवस्था, समावेशिता कार्यान्वयनको पाटोलगायत विषयमा प्रस्तुतीकरण गरे।

नेपालको संविधानको धारा २६४ मा नेपालमा एक मुस्लिम आयोग रहने व्यवस्था छ।

अध्यक्ष अन्सारीको अध्यक्षतामा चैत २०७५ मा आयोगको गठन भएको थियो।

गठनपछि आयोगले मुस्लिम समुदायमा विद्यमान लैङ्गिक विभेद र दाइजो प्रथाविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नाका साथै शैक्षिक जागरण अभियान चलाउँदै आएको छ।

आयोगले निजामती सेवामा मुसलमान समुदायको प्रवेश संख्या बढाउन लोकसेवा तयारीका कक्षासमेत सञ्चालन गर्दै आएको छ। रासस

प्रतिक्रिया दिनुहोस्