काठमाडौं। अर्बपति बिल गेट्सदेखि अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाको ट्वीटर अकाउन्ट ह्याक भएको छ। अर्बपति एनल मस्क, जेफ बेजोस, बिल गेट्स, माइकल ब्लुमवर्गलगायत विश्वका धेरै धनी व्यक्ति तथा नेताहरूको ट्वीटर अकाउन्ट ह्याक भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
अमेरिकाको राष्ट्रपतिका लागि डेमोक्रयाटिक उम्मेद्वार जो बाइडनको ट्वीटर ह्याण्डल पनि ह्याक भएको छ। ह्याकरहरूको निशानामा एप्पल र उबर जस्ता कम्पनीको ट्विटर ह्यान्डलाई पनि परेका बीबीसीले उल्लेख गरेको छ।
We are aware of a security incident impacting accounts on Twitter. We are investigating and taking steps to fix it. We will update everyone shortly.
— Twitter Support (@TwitterSupport) July 15, 2020
समाचार अनुसार साइबर सुरक्षा कम्पनी क्राउड स्ट्राइकका सहसंस्थापक दिमित्रि एल्पेरिभिचले सामाजिक सञ्जालमा आजसम्मकै खराब ह्याक भएको प्रतिक्रिया दिएका छन्। ह्याक भएका ह्यान्डलमा झुटा ट्वीटहरू राख्दै मानिसहरूलाई एक हजार डलरको क्रिप्टोकरेन्सी (बिटक्वाइन) चन्दास्वरूप पठाउन भनिएको थियो। ट्विटरले यसमा तुरून्तै कदम चाल्दै निलो चिन्ह प्राप्त प्रमाणित ह्यान्डलहरूलाई ट्विट गर्न रोकेको थियो।
बिल गेट्सको ह्याण्डमा लेखिएको थियो, ‘मलाई एक हजार डलर पठाउनुहोस् म तपाईंलाई दुई हजार डलर फिर्ता दिन्छु।’ ट्वीटरले घटनाको अध्ययन गरेको र चाँडै नै यसबारेमा आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने बताएको छ। यसैगरी पासवर्ड ‘रिसेट’का अनुरोधहरू पनि अस्वीकार गरिएको विवरण सार्वजनिक भएका बीबीसीले उल्लेख गरेको छ।
This is a SCAM, DO NOT participate! This is the same attack/takeover that other major crypto twitter accounts are experiencing. Be vigilant! Situation is ongoing.https://t.co/2k9U3PpnKm
— Cameron Winklevoss (@winklevoss) July 15, 2020
" /> काठमाडौं। अर्बपति बिल गेट्सदेखि अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाको ट्वीटर अकाउन्ट ह्याक भएको छ। अर्बपति एनल मस्क, जेफ बेजोस, बिल गेट्स, माइकल ब्लुमवर्गलगायत विश्वका धेरै धनी व्यक्ति तथा नेताहरूको ट्वीटर अकाउन्ट ह्याक भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

">