काठमाडौं । नेपालमा चारपांग्रे सवारीको ‘एसेम्बलिङ प्लान्ट’ राख्न कोरियन कम्पनी ‘मोट्रेक्स’ले अग्रसरता देखाएको छ ।
मोट्रेक्सले करीब ११ अर्ब लगानी ल्याउने प्रस्ताव लगानी बोर्ड समक्ष गरेको छ । बोर्डले यसमा सैद्धान्तिक सहमति दिइसकेको छ ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मोट्रेक्ससँग छलफल भइरहेको देखापढीलाई जानकारी दिए ।
शर्तमा अड्किएको छलफल
खुल्लाबजार अर्थतन्त्र अंगालेको देशमा मोट्रेक्सले आफूले उत्पादन शुरू गरेको ७ वर्षसम्म अर्को कम्पनीलाई ‘एसेम्बलिङ प्लान्ट’ राख्न अनुमति दिन नहुने शर्त राखेको छ।
त्यस्तै, आफूले उत्पादन गर्ने ‘कमर्सियल भेइकल’मा अन्तःशुल्क लिन नपाइने उसको माग छ।
मोट्रेक्सले ५ वर्षसम्म कर्पोरेट कर, मूल्य अभिवृद्धि कर नलिनपनि सरकारसँग भनेको छ।
मोट्रेक्सलाई मेसिन तथा पार्टपुर्जा आयातमा भन्सार छूट दिन भने सरकार तयार देखिएको बताइएको छ।
कम्पनीले अबको ५ वर्षभित्र नेपालमै गाडी ‘एसेम्बलिङ’ थाल्ने बताएको छ ।
सन् २००१ मा स्थापना भएको यो कम्पनीले गाडीमा राखिने ‘इन्फोटेनमेन्ट सिस्टम’ ‘नेभिगेशन’ लगायतका सामग्री उत्पादन गर्दै आएको छ ।
यसअघि नेपालमा गोल्छा समूहको हुलास मोटर्सले ‘मुस्ताङ म्याक्स’ गाडीको ‘एसेम्बलिङ’ गरेको थियो । हाल हुलास मोटर्सले गाडी उत्पादन बन्द गरिसकेको छ ।
अहिले गोल्छा समूहले नै नवलपरासीमा बजाजका केही मोडलका मोटरसाइकलहरू ‘एसेम्बलिङ’ गर्दै आइरहेको छ ।