सुकुटे बस दुर्घटनाः सातजनाको सामूहिक दाहसंस्कार

मेलम्ची। अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये सातजनाको आज सामूहिकरूपमा दाहसंस्कार गरिएको छ।

उनीहरूको बाह्रबिसेस्थित भोटेकोशी नदीमा दाहसंस्कार गरिएको हो।

दोलखाको शैलुङ गाउँपालिका–५ काटाकुटीका पाँच, शैलुङ माइत भएकी त्रिपुरासुन्दरी गाउँपालिकाकी एक महिला तथा उनको छोराको यहाँ सामूहिकरूपमा दाहसंस्कार गरिएको हो।

शैलुङ गाउँपालिका–५ का रिकेश खडका, रत्नकुमारी राउत, उनका छोरा किरण, कविता राउत, रञ्जिता केसी, चमेली श्रेष्ठ र उनकी छोरी सायरानीको सामूहिकरूपमा दाहसंस्कार गरिएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिए।

उक्त दुर्घटनामा मृत्यु भएका केही यात्रुको भने आफन्त नआएका कारण दाहसंस्कार हुन नसकेको उनले बताए।

अरनिको राजमार्गअन्तर्गत सुकुटेमा १७ कात्तिकमा भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो।

दोलखाको मुडे देउरालीबाट काठमाडौंका लागि छुटेको बा२ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खसेको हो। रासस

प्रतिक्रिया दिनुहोस्