काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग)को उद्घाटन अघि नै ३ खेल शुरू हुने भएको छ। तेस्रो पटक नेपालमा साग हुँदैछ। र, १३औं संस्करण १५–२४ मंसीरमा नेपालको काठमाडौं, पोखरा र जनकपुरमा हुनेछ।
सागको उद्घाटन १५ मंसीरमा काठमाडौंमा हुनेछ। तर, त्यसअघि नै भलिबल, उसु र प्याराग्लाइडिङ खेल भने शुरू भइसक्नेछन्।
भलिबल ११ मंसीरबाट,उसु १३ मंसीरबाट र प्याराग्लाइडिङ १४ मंसीरबाट शुरू हुनेछ।
भलिबल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ। उसु ललितपुरको लगनखेलस्थित आर्मी फिजिकल एण्ड ट्रेनिङ सेन्टरमा हुनेछ। प्याराग्लाइडिङ भने पोखरामा हुनेछ।
१३औं सागको उद्घाटन र समापन स्थलको रूपमा रहेको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भने अझै पूर्ण रूपमा तयार भएको छैन। सागकै लागि भनेर अहिले युद्धस्तरमा काम भइरहेको छ। साधारण प्यारापेटमा सिट राख्ने काम भइरहेको छ भने भिआईपी प्यारापेटमा सिट र छानो राख्न बाँकी छ। त्यहाँ राख्ने छानो चीनबाट आउनै बाँकी छ।
" /> काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग)को उद्घाटन अघि नै ३ खेल शुरू हुने भएको छ। तेस्रो पटक नेपालमा साग हुँदैछ। र, १३औं संस्करण १५–२४ मंसीरमा नेपालको काठमाडौं, पोखरा र जनकपुरमा हुनेछ।

">