भारतको नक्साप्रति नेकपा र कांग्रेस नेताको आपत्ति
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस दुवै दलका नेताहरुले भारत सरकारले जारी गरेको नयाँ नक्साप्रति आपत्ति जनाएका छन्।

उनीहरुले कुटनीतिक पहलमार्फत् यसलाई सच्याउन तत्काल पहल गर्नुपर्ने माग समेत गरेका छन्।

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतमा देखाइएको छ।

यो नक्साप्रति आपत्ति जनाउँदै नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले मुलुकको भौगोलिक अखण्डताको रक्षा गर्न सरकारसँग माग गरेका छन्।

रावलले आज ट्वीटमार्फत् भनेका छन्– ‘नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्शामा भारतीय भूमि भनी देखाएकोप्रति नेपाल सरकारले आपत्ति गर्नुपर्छ । यसबारे नेकपा स्थायी कमिटीको र सर्वदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल कुरा गरिनु पर्छ।”

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि तत्काल यसबारे आफ्नो धारणा सार्वजनिक गरेर आवश्यक पहलकदमी लिन सरकारलाई आग्रह गरेका छन्।

“दिल्लीबाट जारी नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको छ”, शर्माले ट्वीटमार्फत् भनेका छन्, “सम्माननीय प्रधानमन्त्रीज्यू, कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन्।

नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर गम्भीर पहलकदमी गरोस्। नेपाली माटोका बारे कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य छ।”

नेपाली भूभाग भारतले अनधिकृत रुपमा कब्जा गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नो भूभागको रक्षा गर्न र राष्ट्रियता जस्तो संवेदनशील विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ।

प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी राप्रपाको विज्ञप्तिमा यसलाई कूटनीतिक ढंगबाट प्रतिवाद गर्न सरकारको ध्यानाकर्षण गराइएको  छ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्