राजपाले समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने
काठमाडाैं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आगामी मंसीर १४ गते हुने विभिन्न तहको उपनिर्वाचनमा संघीय समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ।

राजपाको केन्द्रीय कार्यालय बबरमहलमा आज भएको बैठकले उपनिर्वाचनका लागि समाजवादीसँग चुनावी तालमेलका लागि अविलम्ब वार्ता गरी पहल थाल्ने निर्णय गरेको हो।

उपनिर्वाचनमा दिइने उम्मेदवारीको सम्बन्धमा निर्णय गर्नुपर्ने भएकाले उक्त निर्णय गर्नुभन्दा पूर्व समाजवादी पार्टीसँग अविलम्ब वार्ता गरी तालमेल गर्न पहल गर्ने निर्णय गरियो’, अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

दुई पार्टीबीच पार्टी एकीकरणबारे पछिल्लो समय चर्चा र बहस हुने गरे पनि नेताहरूबीच औपचारिक छलफल हुन सकेको छैन।

अनौपचारिकरूपमा पार्टी एकताका सन्दर्भमा छलफल चलिरहेको राजपाका एक नेताले जानकारी दिए।

बैठकले राजपा नेपालको तदर्थ समिति गठन निर्देशिका, २०७६ को दफा–६ (ग) मा संशोधन गरी वाक्यको अन्त्यमा ‘प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तदर्थ समिति बढीमा ७१ सदस्यीय हुनेछ’, भनी थप्ने निर्णय गरेको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्