१३ करोड राजश्‍व छलीको आरोपमा चिनियाँ नागरिकसहित चार जनाविरुद्ध मुद्दा
काठमाडौँ। १३ करोड रूपैयाँ राजश्व छली गरेको आरोपमा एक कन्सट्रक्शन इन्जिनीयर कम्पनीका सञ्चालकविरुद्ध मुद्दा चलाइएको छ।

राजश्व अनुसन्धान विभाग ललितपुरले झुट्टा तथा नक्कली बीजक प्रयोग गरी राजश्व छली गरेको भन्दै नेपाल दोङ्गहवा कन्सट्रक्शन इन्जिनीयरिङ कम्पनीका सञ्चालकहरु याङ लिन, शे श्याङ जुन, वे देगुइ र सुविन श्रेष्ठविरुद्ध १९ कात्तिकमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । आरोपीमध्ये तीन जना चिनियाँ नागरिक हुन् ।

राजश्व चुहावट गरेको अभियोगमा १३ करोड १३ लाख ११ हजार रूपैयाँ बीगो कायम गरी बीगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैदको मागदाबी लिई मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए। उनीहरु अहिले प्रहरी हिरासतमा छन् ।

कम्पनीले वस्तु तथा सेवा खरीद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक मात्र खरीद गरी राजश्व चुहावटमा संलग्न रहेको अनुसन्धानमा देखिएको मैनालीले बताएका छन्।

उक्त कम्पनीविरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार मूल्य अभिवृद्धि करतर्फ चार करोड २१ लाख, आयकरतर्फ सात करोड ७७ लाख रूपैयाँ र भएको आय लुकाई मुनाफा वितरण गर्दा लाग्ने लाभांश करतर्फ एक करोड १४ लाख रूपैयाँ राजश्व चुहावट गरेको विभागले दाबी गरेको छ ।

उनीहरूविरुद्ध विभागले आठ महीनाअघिदेखि  अनुसन्धान गरिरहेको थियो । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्