काठमाडौं। १२ बैशाख २०७२ को गोरखा भूकम्पपछि नेपालमा चार रिक्टरस्केलभन्दा माथिका ५३५ पटक परकम्प गएकाे छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ती परकम्प चार रिक्टरस्केल माथिका छन्।
केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले नेपाल भूकम्पको उच्च जोखिमको क्षेत्र भएको बताए।
“ठूलो भूकम्पपछि बेलाबेलामा आउने परकम्पका कारण ठूलो भूकम्पको जोखिम कम हुन्छ”, उनले भने।
भट्टराईका अनुसार चार रिक्टरस्केलभन्दा साना ५० हजारभन्दा बढी परकम्प गएका छन्।
गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको १२ बैशाख २०७२ को सो भूकम्पले काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, गोरखा, नुवाकोट, रसुवा, दोलखा, मकवानपुर, चितवन, रामेछाप, ओखलढुंगालगायत जिल्लामा क्षति पुर्याएको थियो ।
भूकम्पबाट थुप्रै ऐतिहासिक तथा भौतिक संरचनामा क्षति पुग्नुका साथै आठ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो।
पछिल्लो समय देशको पश्चिमी क्षेत्रमा चार रिक्टरस्केलभन्दा माथिको भूकम्प गएको केन्द्रले जनाएको छ। रासस