रौतहट । २६ असोज २०७६ मा जिल्ला प्रहरी कार्यालय रौतहटले प्रतिनिधिसभामा रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहम्मद अफताव आलमलाई पक्राउ गर्यो । सोही दिन प्रहरीले संसद सचिवालयलाई आलम पक्राउ गरिएको व्यहोराको पत्र पठायो ।
१२ वर्षअघि संविधानसभा निर्वाचनको एकदिन अघि बम बनाउने क्रममा पड्केर घाइते भएका मानिसहरुलाई जिउँदै जलाएर मारेको घटनाको अनुसन्धानका लागि आलमलाई प्रहरीले पक्रेको जानकारी दियो ।
२७ असोजमा संघीय संसद सचिवालयले आलम पक्राउ परेको सूचना टाँस गर्यो । नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा संघीय संसदको कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ नगरिने उल्लेख छ । तर ‘कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानून बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्याएको मानिने छैन’ भनिएको । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्ने उल्लेख छ ।
सोही नियम अनुसार प्रहरीले संघीय संसद सचिवालयलाई जानकारी गरायो। नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधि सभाका उपसभामुखलाई जानकारी गराइएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २४४ को उपनियम २ बमोजिम सूचना टाँस गरेर आलम पक्राउ परेकाे जानकारी सदनलाई गराइएकाे छ। साेही नियमकाे उपनियम ३ अनुसार आलमले सदस्यको हैसियतले कुनै कार्य गर्न वा अधिकार प्रयाेग गर्न पाउँदैनन्। थुनमा रहुन्जेलकाे अवधिका लागि उनको पारिश्रमिक, सेवा र सुविधा पनि स्थगित भएकाे छ ।
उनीविरुद्ध कर्तव्य ज्यान, विष्फोटक पदार्थ भण्डारण र प्रयोग तथा ज्यान मार्ने उद्योगमा छुट्टाछुट्टै अभियोग पत्र दायर भएको छ । उनको मुद्दामा अदालतमा बयान भइरहेको छ। तर, आलम भने सांसदकै लोगो प्रयोग गरेर अदालतमा उपस्थित भएका छन्। उनी पक्राउ पर्ने दिन पनि सांसदको लोगो लगाएकै थिए । त्यसपछि निलम्बन भइसक्दासमेत उनले त्यो लोगो भने फुकालेका छैनन्।
अधिवक्ता आशिकराम कार्की आलमले लोगो लगाएरै अदालतमा बयान दिनु गलत भएको बताउँछन् । यो संघीय संसदकै अवहेलना भएको उनले बताए।
२७ असोजमा सूचना टाँस गरेर उनी निलम्बन भए पनि अहिलेसम्म उनले सांसदकै हैसियतमा रहेको जस्तै गरेर लोगो भने फुकालेका छैनन् । प्रहरी हिरासतमा समेत उनले लोगो नै लगाएका थिए।
आलमसहित ११ जनाविरुद्ध १८ कात्तिकमा जिल्ला अदालत रौतहटमा मुद्दा दायर भएको हो । त्यसदिन पनि उनलाई अदालतमा उपस्थित गराइएको थियो । १९ कात्तिकदेखि बयान लिने क्रम शुरु गरिएका आलम इजलासमा लोगो नै लगाएर बयान दिइरहेका छन्।
" /> रौतहट । २६ असोज २०७६ मा जिल्ला प्रहरी कार्यालय रौतहटले प्रतिनिधिसभामा रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहम्मद अफताव आलमलाई पक्राउ गर्यो । सोही दिन प्रहरीले संसद सचिवालयलाई आलम पक्राउ गरिएको व्यहोराको पत्र पठायो ।

">