चार वर्षपछि फरार प्रतिवादी पक्राउ
<p>काठमाडौं। जबरजस्ती चोरी गरेको कसुरमा दाङ देउखुरी जिल्ला अदालतबाट कैद सजाय पाएका एक फरार प्रतिवादी ४ वर्षपछि पक्राउ परेका छन्। </p>
<p>फैसलापछि फरार दाङ घोराही उपमहानगरपालिका-१३ का २३ वर्षीय गोविन्द घर्ति मगरलाई आज बिहान पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको दाङका प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले बताए।</p>
<p>मगरलाई १९ असोज २०७२ मा अदालतले एक वर्ष छ महिना २० दिन कैद सजाय तोकेको थियो। <br />
</p>
प्रतिक्रिया दिनुहोस्