चन्द नेतृत्वको नेकपाले भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने

काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपालको भू–भाग भारतीय नक्सामा गाभेको विषयलाई लिएर विरोध कार्यक्रम सार्वजनिक गरेको छ।

नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भू–भाग भारतमा गाभेको भन्दै नेपालस्थित भारतीय दूवातासमा ज्ञापनपत्र बुझाउने भएको छ।

नेकपाका महासचिव चन्दले आज विज्ञप्ति जारी गर्दै २१ कात्तिकमा मसाल जुलुस निकाल्ने, २२ कात्तिकमा कोणसभा गर्ने र २३ कात्तिकमा भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेको छ।

२४ कात्तिमा अतिक्रमित भारतीय नक्सा जलाउने, २५ कात्तिकमा विरोध सभा गर्ने, २६ कात्तिकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने र २७ कात्तिकमा संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने नेकपाको कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्