"> पहिलो दिन एमसीसीले बनायो ३११ रन, नेपालले लियो ६ विकेट: Dekhapadhi
पहिलो दिन एमसीसीले बनायो ३११ रन, नेपालले लियो ६ विकेट
काठमाडौं। नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब एमसीसीले तीन दिवसीय फस्ट क्लास क्रिकेटको पहिलो दिन ३११ रन बनाएको छ ।

टीयू मैदान कीर्तिपुरमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि एमसीसीले पहिले ब्याटिङ गर्दै ८७ ओभरमा ६ विकेट गुमाएर ३११ रन जोडेको हो। त्यसपछि खराब प्रकाशका कारण ९ ओभरको खेल बाँकी छँदै पहिलो दिनको खेल सकिएको छ। एमसीसीले भाेलि ३११ रनबाट खेल अगाडि बढाउनेछ।

एमसीसीका लागि विल रोड्सले सर्वाधिक ७३ रन बनाए भने विल भान्डेर्सपरले ५३, माइल्स हार्माेन्डले ५२ रन बनाए।

एमसीसीका यासिर अराफात ३५ रनमा नटआउट छन्।

नेपालका लागि सोमपाल कामी, शरद भेषावकर र सन्दीप लामिछानेले २/२ विकेट लिए ।

१४ वर्षपछि नेपालले घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेलेको हो । जसमा कप्तान ज्ञानेन्द्र मल्लसहित १० खेलाडीले डेब्यु गरेका छन्। पछिल्लो पटक २००५ मा अन्तरमहादेशिय कप अन्तर्गत यूएईविरुद्ध कीर्तिपुरमा नेपालबाट खेलेका शरद भेषावकर मात्रै टोलीमा छन्।

सोमपाल कामीले २०१५/१६ को सिजनमा श्रीलंकन क्लबबाट फस्ट क्लास क्रिकेट खेलेपनि नेपालको लागि यो पहिलो हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्