गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण
पाेखरा। नवनियुक्त गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट १९ कात्तिकमा शपथ ग्रहण गरेका शेरचनले शहीदचोकस्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण समारोहमा प्रदेश प्रमुख शेरचनले राष्ट्रियता, सार्वभौमिकता तथा राष्ट्रिय अखण्डता जोगाउनका लागि सबै नेपाली एक हुनुपर्ने बताए।

समृद्ध नेपालको चाहनालाई पूरा गर्न संविधान कार्यान्वयन जरुरी रहेको बताउँदै उनले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले जनअपेक्षा पूरा गर्नतर्फ ध्यान दिनुपर्ने बताए।

पदभार ग्रहण समारोहमा प्रदेश प्रमुख शेरचनलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो।

यसअघि पोखरा विमानस्थलमा उनलाई गण्डकी प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, सामाजिक विकासमन्त्री नरदेवी पुन, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगर, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, प्रदेशसभा सदस्य, राष्ट्रसेवक कर्मचारीलगायतले स्वागत गरेका थिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्