सशस्त्रले बरामद गर्यो चार लाख मूल्यको चोरीको ब्याट्री

काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले सप्तरीको बलान बिहुल गाँउपालिका–४ स्थित कुशाहाबेली भित्रि सडकबाट चार लाख मूल्य बराबरको चोरीनिकासीको ब्याट्री बरामद गरेको छ।

स १ त ६९५ नम्बरको ट्याक्टरमा राखेर अवैध रूपले नेपालबाट भारततर्फ लैजादै गरेको १२ भोल्ट पुरानो ब्याट्री सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रामनगरबाट खटिएको टोलीले १९ कात्तिकमा बरामद गरेको हो। ट्याक्टर समेत सशस्त्रले बरामद गरेको छ।

सशस्त्रलकै टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ डण्डा ईलाकाबाट करीब १ लाख ५२ हजार रूपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेडक्वार्टर रुपन्देहीबाट खटिएको टोलीले आज भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउदै गरेको मोटर पार्ट्स बरामद गरेको हो ।

बरामद मोटर पार्ट्स भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाइएको सशस्त्र प्रहरी केन्द्रीय समाचार कक्षका डीएसपी अजय छतकुलीले जानकारी दिएका छन्।

डीएसपी छतकुलीका अनुसार रौतहटको परोहा नगरपालिका–७ स्थित नरटियाबाट १९ कात्तिकमा करीब एक लाख २० हजार रूपैयाँ बराबरको चोरीपैठारिको कुखुराको चल्ला बरामद भएको छ।

बी आर ३० डी ५८५३ भारतीय नम्बरको मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको दुई हजार वटा कुखुराको चल्ला सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमझुवाबाट खटिएको टोलीले बरामद गरेको हो।

प्रतिक्रिया दिनुहोस्