हरिबोधिनी एकादशीका दिन चाँगुनारायणमा सार्वजनिक बिदा
<p>भक्तपुर। चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएको छ।</p>
<p>आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्था लगायतलाई आउँदो २२ कात्तिकमा सार्वजनिक बिदा दिइने घोषणा गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए।</p>
<p>विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर चार नारायणमध्येको जेठो नारायणका रूपमा रहेको र एकादशीको दिन चाँगुनारायण मन्दिरमा ठूलो मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिएको उनले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्