बेलायती अभिनेत्री लुम्ले पनि सद्भावना दूत

काठमाडौं। नेपाल भ्रमण वर्ष सुरु हुन डेढ महीना बाँकी छ।

भ्रमण वर्ष सफल पार्नका लागि नेपाल सरकारले विश्वका विभिन्न देशका चर्चित सेलेब्रेटीलाई सद्‍भावना दूतको रूपमा नियुक्त गर्दैछ।

यसै क्रममा नेपाल सरकारले बेलायतकी चर्चित अभिनेत्री, लेखक तथा अभियानकर्मी जोआन्‍ना लुम्लेलाई नेपाल भ्रमण वर्ष–२०२० को सद्‍भावना दूत नियुक्त गर्ने भएको छ।

बेलायती संसद्‍मा नेपाल भ्रमण वर्ष–२०२० अभियानको प्रवर्द्धन गर्ने कार्यक्रमसँगै अभिनेत्री लुम्लेलाई पनि सद्‍भावना दूत नियुक्त गर्ने भ्रमण वर्ष सचिवालयले जनाएको छ।

भ्रमण वर्ष घोषणाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई बेलायत गइसकेका छन्।

जोआन्ना लुम्लेले थुप्रै नाटक, टेलिभिजन श्रृंखला तथा फिल्ममा अभिनय गरिसकेकी छन्।

७३ वर्षीय लुम्ले अहिले पनि अभिनयमा सक्रिय छिन्। उनले आधा दर्जनभन्दा बढी पुस्तक लेखेकी छन्।

प्रतिक्रिया दिनुहोस्