ललितपुरमा अन्तर्राष्ट्रिय सम्पदा सम्मेलनको तयारी
ललितपुर। ललितपुर महानगरपालिकाले सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ।

ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले जिल्लामा रहेका कला र संस्कृतिहरूको संरक्षण गर्न आवश्यक सुझाव लिने उद्देश्यले सम्पदा सम्मेलन गर्न लागिएको बताए।

ललितपुर सिटीनेट नामक महानगरपालिकाहरूको अन्तर्राष्ट्रियस्तरको नेटवर्कको कार्यकारी सदस्यसमेत हो।

ललितपुर महानगरपालिकाको संयोजनमा ३८औं कार्यकारी समितिको बैठक पनि शुरु भएको छ।

बैठकमा नगर विकासका विभिन्न अवधारणाबारे छलफल भइरहेको पनि मेयर महर्जनले जानकारी दिए।

ललितपुर महानगरपालिका सो नेटवर्कको कार्यसमितिमा निर्वाचित भएपछि त्यसको कार्यकारी समितिको बैठक नेपालमा आयोजना गरिएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्