काठमाडौं। कोभिड १९ महामारीको प्रभावकारी व्यवस्थापनको माग गर्दै ‘इनफ इज इनफ’ अभियानकर्ताहरूले पुनः सुरू गरेको अनशनमा साझा पार्टीले ऐक्यबद्धता जनाएको छ। अभियानमा आबद्ध युवाहरू दोस्रो पटक अनशन बसेको आज ६ दिन भएको छ।

“साझा पार्टी अनशनरत युवाहरूप्रति पूर्ण ऐक्यबद्धता जाहेर गर्दछ र देश-विदेशका सम्पूर्ण नेपालीलाई जहाँबाट जसरी सकिन्छ उनीहरूप्रति ऐक्यबद्धता प्रकट गर्न हार्दिक आग्रह गर्दछ,” साझा पार्टीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

सरकारी बेवास्ताले अनशनकारी युवाको स्वास्थ्यमा दीर्घकालीन असर परे वा उनीहरूको जीवन तलमाथि भए, त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण दोष सरकारले लिनुपर्ने साझाले जनाएको छ।

केही हप्ताअघि पीसीआर टेस्ट बढाउनुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाप्रति संवेदनशील रहनुपर्ने लगायतका माग राख्दै दुईजना युवा ईः र पुकार बम १२ दिनसम्म अनशन बसेका थिए। सरकारले ती माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि उनीहरूले अनशन तोडेका थिए।

सरकारको प्रतिबद्धतामा कुनै प्रगति नभएको भन्दै सरकारमाथि दबाब सिर्जना गर्न ईः, करण गुरूङ र समाइरा श्रेष्ठले पुनः सत्याग्रह शुरू गरेका छन्।

सरकारले आम सर्वसाधारणको मागबिना आफैं गर्नुपर्ने कामहरू गराउनका लागि युवाहरूले आफ्नो ज्यान जोखिममा राखेको साझाको ठहर छ।

" /> काठमाडौं। कोभिड १९ महामारीको प्रभावकारी व्यवस्थापनको माग गर्दै ‘इनफ इज इनफ’ अभियानकर्ताहरूले पुनः सुरू गरेको अनशनमा साझा पार्टीले ऐक्यबद्धता जनाएको छ। अभियानमा आबद्ध युवाहरू दोस्रो पटक अनशन बसेको आज ६ दिन भएको छ।

“साझा पार्टी अनशनरत युवाहरूप्रति पूर्ण ऐक्यबद्धता जाहेर गर्दछ र देश-विदेशका सम्पूर्ण नेपालीलाई जहाँबाट जसरी सकिन्छ उनीहरूप्रति ऐक्यबद्धता प्रकट गर्न हार्दिक आग्रह गर्दछ,” साझा पार्टीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

सरकारी बेवास्ताले अनशनकारी युवाको स्वास्थ्यमा दीर्घकालीन असर परे वा उनीहरूको जीवन तलमाथि भए, त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण दोष सरकारले लिनुपर्ने साझाले जनाएको छ।

केही हप्ताअघि पीसीआर टेस्ट बढाउनुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाप्रति संवेदनशील रहनुपर्ने लगायतका माग राख्दै दुईजना युवा ईः र पुकार बम १२ दिनसम्म अनशन बसेका थिए। सरकारले ती माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि उनीहरूले अनशन तोडेका थिए।

सरकारको प्रतिबद्धतामा कुनै प्रगति नभएको भन्दै सरकारमाथि दबाब सिर्जना गर्न ईः, करण गुरूङ र समाइरा श्रेष्ठले पुनः सत्याग्रह शुरू गरेका छन्।

सरकारले आम सर्वसाधारणको मागबिना आफैं गर्नुपर्ने कामहरू गराउनका लागि युवाहरूले आफ्नो ज्यान जोखिममा राखेको साझाको ठहर छ।

"> युवाहरूकाे अनशनमा साझा पार्टीको ऐक्यबद्धता: Dekhapadhi
युवाहरूकाे अनशनमा साझा पार्टीको ऐक्यबद्धता
काठमाडौं। कोभिड १९ महामारीको प्रभावकारी व्यवस्थापनको माग गर्दै ‘इनफ इज इनफ’ अभियानकर्ताहरूले पुनः सुरू गरेको अनशनमा साझा पार्टीले ऐक्यबद्धता जनाएको छ। अभियानमा आबद्ध युवाहरू दोस्रो पटक अनशन बसेको आज ६ दिन भएको छ।

“साझा पार्टी अनशनरत युवाहरूप्रति पूर्ण ऐक्यबद्धता जाहेर गर्दछ र देश-विदेशका सम्पूर्ण नेपालीलाई जहाँबाट जसरी सकिन्छ उनीहरूप्रति ऐक्यबद्धता प्रकट गर्न हार्दिक आग्रह गर्दछ,” साझा पार्टीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

सरकारी बेवास्ताले अनशनकारी युवाको स्वास्थ्यमा दीर्घकालीन असर परे वा उनीहरूको जीवन तलमाथि भए, त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण दोष सरकारले लिनुपर्ने साझाले जनाएको छ।

केही हप्ताअघि पीसीआर टेस्ट बढाउनुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाप्रति संवेदनशील रहनुपर्ने लगायतका माग राख्दै दुईजना युवा ईः र पुकार बम १२ दिनसम्म अनशन बसेका थिए। सरकारले ती माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि उनीहरूले अनशन तोडेका थिए।

सरकारको प्रतिबद्धतामा कुनै प्रगति नभएको भन्दै सरकारमाथि दबाब सिर्जना गर्न ईः, करण गुरूङ र समाइरा श्रेष्ठले पुनः सत्याग्रह शुरू गरेका छन्।

सरकारले आम सर्वसाधारणको मागबिना आफैं गर्नुपर्ने कामहरू गराउनका लागि युवाहरूले आफ्नो ज्यान जोखिममा राखेको साझाको ठहर छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्