त्रिवि परीक्षा: घरमा लगिएको उत्तरपुस्तिकामा लेखेर पास
काठमाडौं। त्रिभुवन विश्वविद्यालयले परीक्षा दिइसकेका विद्यार्थीसँग घुस लिएर उत्तरपुस्तिका साट्ने गरेको खुलेको छ।

परीक्षा सकिएपछि बाहिर लेखिएको उत्तरपुस्तिका साटेर विद्यार्थीलाई पास गराउने गरिएको छ।

उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रशासन सहायक तेजनारायण चौधरी र परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमल दाहालले घुस लिएर उदयपुरका दुई छात्रालाई पास गराएका छन्।

यस विषयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गरिरहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ।

त्रियुगाकी विद्यार्थी (क) ले शिक्षा संकाय स्नातक दोस्रो वर्षको करिकुलम एन्ड इभ्यालुएसनको परीक्षा २० असार २०७५ मा दिइन्।

गाईघाटकै बरुवा क्याम्पसकी (ख) ले व्यवस्थापन संकाय स्नातक दोस्रो वर्षको फन्डामेन्टल अफ मार्केटिङको सोही वर्ष १५ साउन र फन्डामेन्टर अफ ह्युमन रिसोर्स म्यानेजमेन्टको १७ साउनमा परीक्ष दिइन्। दुवैको परीक्षा केन्द्र त्रियुगा क्याम्पसमा थियो।
दुवै विद्यार्थीलाई पास गराउन त्रियुगा क्याम्पसका प्रशासन सहायक तेजनारायण चौधरीले पनिकाका लेखा अधिकृत कमल दाहालसँग ‘सेटिङ’ गरी आफ्नै घरमा बोलाएर सक्कली प्रश्नपत्र अनुसार नयाँ उत्तरपुस्तिका उत्तर लेख्न लगाए।

परीक्षा दिइसकेका दुवै छात्राको सक्कली उत्तरपुस्तिका अन्य परीक्षार्थीको उत्तरपुस्तिकासँगै प्याक भएर लाहाछाप लाग्यो।

चौधरीको साथमा रहेको नक्कली उत्तरपुस्तिका चौधरीले नै बल्खुमा ल्याएर दाहालसँग मिलेर सक्कली उत्तरपुस्तिकाको भित्री पाना निकालेर स्टिज गरिदिए।

अहिले चौधरी र दाहाल दुवै जना अख्तियारको हिरासतमा छन्। छात्राहरु भने फरार रहेको अख्तियारले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्