भालुको पित्त ओसारपसार मुद्दामा एक महिला पक्राउ <p>भोजपुर। भालुको पित्त ओसारपसार मुद्दामा संलग्न रही फरार एक महिला पक्राउ परेकी छन्।</p> <p>टेम्केमैयुङ गाउँपालिका -२ की ३४ वर्षीया मित्रलक्ष्मी राईलाई चाडपर्वको मौकामा घरमा आइ लुकिछिपी बसेको अवस्थामा १९ कात्तिकमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p>डिभिजन वन कार्यालय, हात्तिसार काठमाडौंमा मुद्दा दर्ता भएर ७ कात्तिकमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको अवस्थामा ती महिला फरार रहेको भोजपुर प्रहरीका सूचना अधिकारी प्रहरीले निरीक्षक पाण्डव राजवंशीले बताए।</p> <p>प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि&nbsp;महिलालाई डिभिजन वन कार्यालय, हात्तिसार काठमाण्डौमा बुझाएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्