रौतहट। १२ वर्षअघि रौटहटको राजपुरमा बम विस्फोटमा घाइते भएकालाई जिउँदै जलाएर मारेको अभियोगमा कांग्रेस सांसद मोहम्मद आफताब आलमविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको छ।
दुई दिनदेखि अदालतमा उनीविरुद्दको मुद्दामा बयान लिने काम भइरहेको छ। १९ कात्तिकमा बिहानदेखि नै बयान शुरू गरेर त्यसैदिन सक्ने तयारी थियो।
सो दिन प्रतिवादीका तर्फबाट बहस गर्ने वकीलहरूले मुद्दाको मिसिलको सम्पूर्ण फोटोकपी आवश्यक पर्ने भनेपछि दिउँसो ३ बजेसम्म बयान हुन सकेन।
एक घन्टा बयान भएपछि २० कात्तिकका लागि बयान सारियो। तर, २० कात्तिकमा पनि बयान सकिएन। बाँकी बयानको लागि आज उनलाई अदालत उपस्थित गराइनेछ।
अदालतमा बयान लिने काममै तीन दिन बितिसकेको छ। जिल्ला सरकारी वकील कार्यालयमा आलमको बयान चार घण्टामा सकिएको थियो। अदालतमा भने बयान सकिएकै छैन।
आज उनको बयान सकेर थुनछेक बहसको प्रक्रिया शुरू हुनसक्ने छ। थुनछेक बहस आजदेखि शुरू हुने भएपछि पक्ष विपक्षमा बहस गर्ने वकीलहरूको संख्या पनि धेरै छ।
अदालत स्रोतका अनुसार अहिलेसम्म ३१ जनाले बहस गर्नका लागि वकालतनामा दिइसकेका छन्। अझै यो संख्या बढ्नेछ।
दिनहुुँजसो अदालत परिसरबाहिर भीडभाड हुने गरेको छ। आलम समर्थक कांग्रेस कार्यकर्ता र सर्वसाधारण मुद्दामा के हुन्छ भन्ने चासो लिएर दिनहुँ अदालत परिसर आसपास पुग्ने गरेका छन्।
सुरक्षा निकायले प्रदर्शन लगायत केही घटना हुन नदिन धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिरहेको छ। अदालतभित्र प्रवेश गर्दा प्रहरीले विशेष निगरानी र चेकजाँच गरिरहेको छ।
आजदेखि थुनछेक बहस शुरू हुने भएपछि जाहेरीकर्ता र प्रतिवादीका पक्षमा बहस गर्न काठमाडौंदेखि वकालत क्षेत्रमा चर्चित अनुहारहरू रौतहट आएका छन्। केही आउने क्रममा छन् ।
पूर्वमहान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता डा.युवराज संग्रौला, वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू गोविन्द शर्मा वन्दी, ओमप्रकाश अर्याल, आशिकराम कार्की र पुष्पराज पौडेलले जाहेरीकर्ताको तर्फबाट मुद्दामा बहस गर्नेछन्।
जाहेरीकर्ताका तर्फबाट सरकारी पक्षबाटसमेत पाँच जनाले बहस गर्नेछन्। जिल्ला सरकारी वकील कार्यालय, रौतहटका अनुसार महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, जिल्ला सरकारी वकील कार्यालय, पर्साका जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद पन्थी र रौतहटकै सहायक जिल्ला न्यायाधिवक्ता रामप्रसाद पन्थीले बहस गर्नेछन्।
प्रतिवादीका तर्फबाट बहस गर्न जिल्लाकै २७ जना वकीलहरूले यसअघि नै वकालतनामा दर्ता गरिसकेका छन्।
प्रतिवादी मोहम्मद आफताब आलमका पक्षमा बहस गर्नका लागि पूर्वन्यायाधिवक्ता रमन श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल आउँदैछन्। आलमकै तर्फबाट बहस गर्न लागेका जिल्ला बार रौतहटका अध्यक्ष हरिशंकर साहका अनुसार उनीहरू बहस गर्न आज आइपुग्ने छन्।
उनले नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनिल पोखरेल र कृष्ण घिमिरे रौतहट आइसकेको जानकारी दिए।
प्रतिवादीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता श्रेष्ठसहित वरिष्ठ अधिवक्ता थापाले बहस गर्ने विषयले सामाजिक सञ्जाल तातेको छ।
धेरैले गम्भीर अपराधको घटनामा समेत अभियुक्तलाई बचाउन बहस गर्न लागेको भन्दै उनीहरूको विरोध जनाएका छन्।
आलमविरुद्धको मुद्दामा दुवै पक्षबाट बहस गर्ने वकीलको संख्या करीब ५० जना पुग्ने देखिएको छ। सबैले बहस गरेमा थुनछेक बहस अझै लम्बिने अदालत स्रोतले जनाएको छ।
आलमको पक्षमा रौतहट जिल्लाका जितेन्द्रकुमार सिंह, अनिरुद्र महतो, विनय कर्ण, लालबाबु यादव, संजिवकुमार मलिक, रामविनोद कुमार गिरी, राम दरेश प्रसाद, अनन्त अधिकारी, शेख मैनुदिन, मोहम्मद मजरुल हक, हेमचन्द्रलाल कर्ण, भाग्यनारायण झा, राजाराम राय यादव, नन्दकिशोर साह, राम विनोद प्रसाद पटेल, सोनेलाल प्रसाद पटेल, हरिशंकर प्रसाद साह, जगदिश राय यादव, सुरेश तिवारी, सवुरी लाल ठाकुर, रामबहादुर दास, किशोर राउत, मोहमद सफि अहमद, रामउदय राय यादव, आफताब आलम, रामनाथ प्रसाद कुशवाहा र अनोजकुमार यादवले बहस गर्ने भएका छन् ।