सिमेन्ट कारखानाको छतबाट खसेर एक भारतीय मजदूरको मृत्यु, १ जना घाइते

काठमााडौं। दाङको घोराही उपमहानगरपालिका-३ स्थित सगरमाथा सिमेन्ट कारखाना काम गर्ने एक भारतीय मजदुरको छतबाट खसेर मृत्यु भएको छ।

अर्का एक मजदुर घाइते छन्।

२० कात्तिकमा भएको घटनामा घाइते भारत उडिसाका २७ वर्षीय अभय नायकको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ।

प्रहरीका अनुसार भारत उडिसाकै ३५ वर्षीय मानप वारिक आँखामाथि चोट लागेर गम्भीर घाइते छन्।

उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्