चितवन । पर्यापर्यटनको लागि ख्याति कमाएको चितवन राष्ट्रिय निकुञ्जमा आगन्तुक चराको सुन्दरता थपिन थालेको छ ।
जाडो छल्न र आहाराको खोजीमा ६ हजार किलोमिटर टाढादेखि करीब ४५ दिन लगाएर विभिन्न प्रजातिका चरा नेपाल छिर्ने गर्छन् ।
चराविद् डा. हेमसागर बरालका अनुसार अक्टूबरदेखि डिसेम्बरसम्म आउने ती चरा करीब ६ महिना नेपाल बस्छन् । नेपाल छिर्दा ती चराहरूले उत्तरी सीमाको प्रयोग गर्छन् ।
बरालका अनुसार छिमेकी चीन, मङ्गोलिया, रसिया, कोरिया तथा मध्यएशियाबाट १५० बढी प्रजातिका चरा नेपाल आउने गरेका छन् । तीमध्ये आधा प्रजातिका चरा चितवन बस्छन् ।
नदी, सिमसार, घाँसे मैदान, चुरे पहाड, घना जङ्गल लगायतका कारणले चितवन आसपासको क्षेत्र आगन्तुक चराका लागि उत्कृष्ट बासस्थान भएको बरालको भनाइ छ ।
बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्व अध्यक्ष वासु बिडारी चितवनमा मात्रै ६४० प्रजातिका चरा पाइने बताउँछन् । नेपालमा ८८८ प्रजातिका चरा पाइन्छन् ।
यतिबेला राप्ती, नारायणी, रिउ नदीसँगै नानी र गरुढ ताल हाँस प्रजातिका चराले भरिने थालेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार अहिले निकुञ्जका विभिन्न ठाउँमा पाहुना चरा देखिन थालेका छन् । रासस