आप्रवासी कामदारहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं। आप्रवासी कामदारहरूको अधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा आयोजना हुने भएको छ।

राष्ट्रिय मानव अधिकार आयोगले पत्रकार सम्मेलनमार्फत आप्रवासी कामदारहरूको मानव अधिकार रक्षाको लागि २६-२८ कात्तिकमा काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको छ।

सम्मेलनमा आप्रवासी कामदारहरूले काम गरिरहेका मुलुकका सरकारका प्रतिनिधिहरू, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकारको क्षेत्रका अन्तराष्ट्रिय संघ, संस्था र सामाजिक संघ/संस्थाका प्रतिनिधिहरू सहभागि हुने आयोगका सदस्य सुदीप पाठकले बताए।

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने सो अन्तर्राष्ट्रिय सम्मेलनमा आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणसम्बन्धी ५ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्