रौतहट । १२ वर्षअघि रौतहटको राजपुरमा बम बनाउने क्रममा विष्फोट भएर घाइते भएका मानिसहरूलाई जिउँदै जलाएको अभियोग लागेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्धको मुद्दामा अदालतमा थुनछेक बहस शुरू भएको छ ।
रौतहट जिल्ला अदालतमा तीनदिनसम्म आलमको बयान लिएपछि आज दिउँसो २ बजेदेखि थुनछेक बहस शुरू भएको हो । जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले सरकारी पक्षबाट बहस शुरू गरेका छन् ।
तीनदिनसम्म आलमविरुद्ध अदालतमा दायर भएकाे ज्यान सम्बन्धी, ज्यान मार्ने उद्योग र बम विष्फोट मुद्दाका विषयमा बयान लिने काम भएको छ । तीनवटै मुद्दामा उनलाई ५१ प्रश्न सोधिएको थियो ।
आज सरकारी पक्षबाट अरुले समेत बहस गर्नेछन् । जिल्ला सरकारी वकील कार्यालय रौतहटका अनुसार महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला, जिल्ला सरकारी वकील कार्यालय पर्साका जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद पन्थी र रौतहटकै सहायक जिल्ला न्यायाधिवक्ता रामप्रसाद पन्थीले बहस गर्नेछन् ।
यस्तै जाहेरीकर्ताका तर्फबाट पूर्वमहान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता युवराज संग्रौला, वरिष्ठ अधिवक्ता कुमार शर्मा, दिनेश त्रिपाठी, गोविन्द शर्मा वन्दी, अधिवक्ता ओमप्रकाश अर्याल, आशिकराम कार्की र पुष्पराज पौडेलले जाहेरीकर्ताको तर्फबाट बहस गर्नेछन् । उनीहरू सबैले वकालत नामा दर्ता गरिसकेका छन् ।
प्रतिवादीका तर्फबाट पनि ठूलो संख्यामा वकीलले बहस गर्ने भएका छन् । जिल्लाकै २७ जना वकीलहरुले यसअघि नै वकालतनामा दर्ता गरिसकेका छन् । प्रतिवादी आलमका पक्षमा बहस गर्न पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल आउँदैछन् ।
आलमकै तर्फबाट बहस गर्न लागेका जिल्ला बार रौतहटका अध्यक्ष हरिशंकर साहका अनुसार उनीहरु बहस गर्न आज आइपुग्ने छन् । उनले नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनिल पोखरेल र कृष्ण घिमिरे रौतहट पुगिसकेको जानकारी दिए ।
प्रतिवादीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता श्रेष्ठसहित वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्ने खबरले सामाजिक सञ्जाल भने तातेको छ । धेरैले गम्भीर अपराधको घटनामा समेत अभियुक्तलाई बचाउन बहस गर्न थालेको भन्दै उनीहरूको विरोध जनाएका छन् ।
आलमविरुद्धको मुद्दामा दुवै पक्षबाट बहस गर्ने वकीलको संख्या करीब ५० पुग्ने देखिएको छ । सबैले बहस गरेमा थुनछेक बहस लामो जाने अदालत स्रोतले जनाएको छ ।
२६ असोज २०७६ मा जिल्ला प्रहरी कार्यालय रौतहटले प्रतिनिधिसभामा रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित आलमलाई पक्राउ गरेको हो । आलमसहित ११ जनाविरुद्ध १८ कात्तिकमा जिल्ला अदालत रौतहटमा मुद्दा दायर भएको हो ।
पढ्नुहाेस्:
आलमको पक्षमा बहस गर्न वरिष्ठ वकीलहरूको ओइरो
बयान दिएर अदालतबाट बाहिरिँदा आलमले भने- 'मेरो ठिक छ' (भिडिओ)
अदालतमा दिएको बयानमा आलमले के भने? (सवाल-जवाफसहित)
हत्याका अभियुक्त आलम सांसदकै लोगोसहित अदालतमा
आलमलाई जन्मकैदमा तान्ने प्रहरीको त्यो अनुसन्धान
" /> रौतहट । १२ वर्षअघि रौतहटको राजपुरमा बम बनाउने क्रममा विष्फोट भएर घाइते भएका मानिसहरूलाई जिउँदै जलाएको अभियोग लागेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्धको मुद्दामा अदालतमा थुनछेक बहस शुरू भएको छ ।रौतहट जिल्ला अदालतमा तीनदिनसम्म आलमको बयान लिएपछि आज दिउँसो २ बजेदेखि थुनछेक बहस शुरू भएको हो । जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले सरकारी पक्षबाट बहस शुरू गरेका छन् ।

">