मानव अधिकार तथा शान्ति समाजद्वारा भारतद्वारा सार्वजनिक नक्साको निन्दा

काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले नेपाली भूमि समावेश गरेर भारतले सार्वजनिक गरेको नक्साप्रति निन्दा गरेको छ।

समाजका सभापति उत्तम पुडासैनीद्वारा आज जारी विज्ञप्तिमा कालापानी, लिपुलेक लगायतको भूभागलाई भारतीय क्षेत्रका रुपमा चित्रित गरेर नेपाली भूभागमाथि भारतीय अतिक्रमण गरिएको उल्लेख छ।

'नेपालको कालापानी भूमीमाथि भएको भारतीय अतिक्रमणलाई सच्याउनु पर्नेमा पुन: पुरानै गल्ती दोहोर्‍याउँदै त्यस्तो नक्सा प्रकाशित गर्नु दुर्भाग्यपूर्ण छ।' विज्ञप्तिमा भनिएको छ।

समाजले नेपाली भूभाग र नेपाली स्वाभिमानप्रति पूर्ण सम्मान व्यक्त गर्न भारत सरकारलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्