तीन दिवसीय क्रिकेटः पहिलो इनिङ्समा नेपाल १५३ रनमै समेटियो
<p>काठमाडौं। एमसीसीविरुद्धको तीन दिवसीय क्रिकेटकाे पहिलाे इनिङ्समा नेपाल ४४.४ ओभरमै अल आउट भएको छ। नेपाल १५३ रनमा अलआउट हुँदा सर्वाधिक ३८ रन जोडेका सन्दिप लामिछाने नटआउट रहे। लन्च अगाडि नै ३ विकेट गुमाएको नेपालले पहिलो इनिङ्सको निकै खराब शुरुवात गरेको थियो। </p>
<p>कप्तान ज्ञानेन्द्र मल्ल शुन्य, शरद भेषावकर ४ र राजु रिजाल ८ रनमात्र बनाएर पेवेलियन फर्कंदा बिनोद भन्डारीले ३६ र सोमपाल कामीले २६ रनको योगदान दिएका थिए। २० कात्तिकमा पहिले ब्याटिङ थालेको एमसीसीले आज बिहानसम्ममा १०१.५ ओभर खेल्दै सबै विकेट गुमाएर ३६४ रन जोडेको थियो। </p>
<p>नेपालका लागि करण केसी र सन्दीप लामिछानेले ३–३ विकेट लिएका थिए भने शरद भेषावकर र सोमपाल कामीले पनि २–२ विकेट लिएका थिए। पहिलो इनिङ्समा नेपाल २११ रनले पछि परेको छ । एमसीसीले आजैे दोस्रो इनिङ्स ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपाल फलो अनमा परे पनि एमसीसीले दोस्रो इनिङ्सको ब्याटिङ शुरू गर्ने निर्णय गरेको हो । </p>
प्रतिक्रिया दिनुहोस्