सामाजिक सुरक्षा कोषमा आवद्ध नहुने विज्ञापन एजेन्सीलाई सरकारी विज्ञापन नदिइने

काठमाडौं। विज्ञापन एजेन्सीहरूलाई सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन निर्देशन दिएको छ।

सामाजिक सुरक्षा कोषकी प्रवक्ता रमा भट्टराईले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्था बाध्यकारी भएको बताइन्।

आज काठमाडौंमा आयोजित ‘सामाजिक सुरक्षा कोष अभिमुखीकरण’ कार्यक्रममा प्रवक्ता भट्टराईले सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका कुनै पनि संस्थाको नवीकरण नगर्ने तथा उनीहरूलाई सरकारबाट हुने कुनै पनि सेवा र सुविधासमेत नदिने तयारी गरिएको बताइन्।

“सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका कुनै पनि विज्ञापन एजेन्सीलाई सरकारी विज्ञापनसमेत नदिने बाध्यकारी व्यवस्था गरिएको छ,” उनले भने, “यसमा आवद्ध नहुने कुनै पनि संस्थाको नवीकरण र ‘ट्याक्स क्लियरेन्स’लगायतका काम समेत नगर्ने तयारी पनि सरकारले गरेको छ।”

उनले सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका संस्थालाई काम गर्न अनुमति दिन नसकिनेतर्फ पनि सचेत गराइन्।

कोषले रकम अभावमा परेका संस्थाहरूलाई भने सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सहजता प्रदान गर्ने पनि जनाएको छ।

प्रवक्ता भट्टराईले संस्थाको आम्दानीलाई हेरेर सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्था गरिएको बताइन्।

कार्यक्रममा नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजालले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि सबै विज्ञापन एजेन्सीहरूको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया दिनुहोस्