अमेरिकाले नेपाललाई निरन्तर सघाउने 
काठमाडाैं। अमेरिकाले नेपालको सामाजिक–आर्थिक रूपान्तरणका निम्ति निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
अर्थमन्त्री युवराज खतिवडासँग आज अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटमा अन्तर्राष्ट्रिय विकासका निम्ति अमेरिकी सहयोग नियोग (युएसएआईडी) को एशिया विभागका सहायक प्रशासक ग्लोरिया स्टेलीले त्यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन्।
प्रदेश र स्थानीय तहका सरकारको क्षमता अभिवृद्धिका निम्ति नेपालको विकासका अन्य साझेदारसँगको सहकार्यमा अमेरिकाले सघाउने उनकाे भनाइ छ।
मन्त्री खतिवडाले नेपालको विकास प्रयासमा दशकौँअघिदेखि अमेरिकाले गर्दै आएको सहयोगको सराहना गर्दै सार्वजनिक वित्त व्यवस्थापन प्रणालीलाई सुदृढ तुल्याउन पारदर्शिता र जवाफदेहितामा सरकार केन्द्रित रहेको जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्