काठमाडौं । जापानको राजधानी टोकियोमा ‘सूर्य इन्टरनेशनल अवार्ड–२०१८’ हुने भएको छ ।
२३ र २४ नोभेम्बरमा टोकियोस्थित नाकानो जिरो हलमा अवार्ड हुने भएको हो ।
सूर्य कर्पोरेशनका अध्यक्ष वासुदेव लामिछानेले अवार्ड अगाडि चलचित्र र पर्यटन सम्बन्धी जापानमै साताव्यापी विभिन्न कार्यक्रमको आयोजना गरिने बताए ।
कार्यक्रममा नेपालबाट ५० बढी चलचित्रकर्मीको सहभागिता रहनेछ ।
समारोहमा चलचित्रकर्मी नीर शाहलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने जनाइएको छ । त्यसैगरी मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘विशेष सम्मान’ प्रदान गरिने भएको छ ।