भारतले भन्यो-नेपालसँगको सीमा परिमार्जन गरिएको छैन
काठमाडौं। भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्शाले भारतको सार्वभौम क्षेत्रको प्रतिनिधित्व गर्ने बताएकाे छ।

भारतले सार्वजनिक गरेको नयाँ नक्शामा नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतको भूभाग भारतीय नक्सामा परेको भन्दै नेपालमा त्यसको विरोध भएको छ।

२० कात्तिकमा परराष्ट्र मन्त्रालयले कालापानी नेपालको भएको स्पष्ट पार्दै भारतीय नयाँ नक्शामा आपत्ति जनाएपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले नेपालसँगको सीमालाई परिमार्जन नगरिएको दाबी गरेका हुन्।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कुमारले नेपालसँगको सीमा समस्या समाधानका लागि कार्य भइरहेको र सीमा समस्याका विषलाई द्विपक्षीय छलफलबाट समाधान गर्न भारत तयार रहेको बताएका छन्।

दुई देशको सीमा समस्याका विषयमा स्वार्थ समूहले खेल्न सक्ने भन्दै उनले द्विपक्षीय माध्यमबाट समस्या समाधान गर्न तयार रहेको बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्