सरकारका प्रवक्ता भन्छन्- 'भारतकाे नक्शा अस्वीकार्य'
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतले सार्वजनिक गरेको नयाँ नक्शालाई सरकारका तर्फबाट अस्वीकार गरिएको बताएका छन्।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयाेजित पत्रकार सम्मेलनमा बोल्दै बाँस्कोटाले नेपाली भूमिसमेत समावेश गरेर भारतले सार्वजनिक गरेको नक्शा अमान्य रहेको स्पष्ट पारे।

सो समस्या कुटनीतिक र राजनीतिक तहबाट समाधान गर्ने कामलाई सरकारले अघि बढाएको उनको भनाइ छ।

करिब दुई प्रतिशत भू-भागमा सीमासम्बन्धी समस्या रहेकाे बाँस्कोटाले बताए। “त्यसलाई ऐतिहासिक तथ्यको आधारमा समाधान गर्न नेपाल सरकार दृढ छ,” बाँस्कोटाले भने, “नेपालको भूमि मिच्न नदिने सरकारको अडान यथावत् छ।”

यस्तै मन्त्री बाँस्कोटाले नेपालमा कुनै पनि प्रकारको आतंकवादी गतिविधि हुन नदिने समेत बताएका छन्।

नेपालमा आतंकवादी गतिविधिको सम्भावना बढेर गएको अमेरिकी सरकारको प्रतिवेदन सार्वजनिक भइरहेका बेला उनले त्यस्ता खालका बाह्य वा आन्तरिक गतिविधि हुन नदिन सरकार सचेत रहेको उल्लेख गरे। “कानूनविपरीतका गतिविधि गर्ने कसैलाई छुट छैन,” उनी भन्छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्