विदेशी सम्बन्धन लिएका कलेजले मापदण्ड पूरा नगरे खारेज गरिने
काठमाडाैं। सरकारले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका १५ कलेजलाई १५ दिनभित्र तोकेको मापदण्डमा आउन निर्देशन दिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज काठमाडाैंमा आयोजित पत्रकार सम्मेलनमा नयाँ कार्यविधिअनुसार तोेकेको समयावधिमा मापदण्ड पूरा नगरे ती कलेज खारेज हुने बताए।

“सरकारले तोकेको मापदण्डमा आउन उनीहरूलाई आग्रह गरेका छौं”, उनले भने, “आफ्नो कार्यक्रम सञ्चालन गर्न चाहन्छन् भने सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्दछ।”

पाेखरेलले ती कलेजले धरौटी अद्यावधिक नगरेको, नवीकरणका लागि निवेदन नदिएको र २०७४ माघ मसान्तभित्र नवीकरण दस्तुरबापतको रकम नबुझाएकाे बताए।

यस्ता कलेज प्रायःले बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयबाट सम्बन्धन लिई ए लेभलका कक्षा सञ्चालन गरिरहेका छन्।

ती कलेजमा एजे वाइल्ड इन्स्टिच्युट एडभान्स इस्टडिज काठमाडाैं, ब्रिजवाटर कलेज इन्टरनेशनल सिनामङ्गल, मल्पी इन्टरनेशलन कलेज काठमाडौं, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर काठमाडाैं, एभरेष्ट एजुकेशन फाउण्डेशन काठमाडाैं, काठमाडौं भ्याली स्कूल काठमाडौं, ओरियन्ट कलेज काठमाडौं, पेन्टागन एजुकेशन नेटवर्क काठमाडौ, सरिन भ्याली स्कूल (एपेक्स लाइफ स्कूल) काठमाडौं, साउथ वेस्टर्न स्टेट कलेज काठमाडाैं रहेका छन्।

यी १० कलेजले धरौटी अद्यावधिक नगरेको र नवीकरणका लागिसमेत निवेदन नदिएकाे मन्त्री पाेखरेलले बताए।

यसैगरी स्काई इन्टरनेशनल कलेज बुटवल, वेस्टर्न मेघा कलेज बुटवल, वेस्टर्न इन्टरनेशनल विजनेश स्कूल धनगढी, कसमस इन्टरनेशनल कलेज पोखरा, गण्डकी बोर्डिङ स्कूल पोखराले २०७४ माघ मसान्तभित्र नवीकरण दस्तुरबापतको रकम नबुझाएको मन्त्रालयले जनाएकाे छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्