ठूला नदीमा पानीजहाज सञ्चालनको तयारी
काठमाडौं। सरकारले प्रमुख नदीमा जल यातायात सञ्चालनको तयारी गरेको छ।

पश्चिमको गण्डकी र पूर्वको सप्तकोशी नदीमा जलयातायातको सम्भाव्यता अध्ययन गरी पानी जहाज सञ्चालन गर्ने सरकारको तयारी छ।

यी नदीमा सरकारले यात्रु तथा मालवाहक जहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न लागेको आजको कारोबार दैनिकमा समाचार छ।

सम्भाव्यता अध्ययनका लागि प्राविधिकसहितको टोली नदीमा खटाउन लागिएको नेपाल पानीजहाज कार्यालयका सुचना अधिकारी वल्लभ विष्टले जानकारी दिए।

टोलीले स्थलगत अनुगमन गर्दै जलमार्गको सम्भाव्यता र आगामी दिनको तयारी थाल्ने उनले बताए।

“कार्यालयले प्राविधिकसहितको टोली खटाउने र कार्यालयलाई प्राप्त प्रतिवेदनको आधारमा जलमार्गको मर्मत तथा पोर्ट निर्माण गरिनेछ,” विष्टले भने।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पानी जहाज कार्यालय गत वर्षदेखि नै सञ्चालनमा ल्याएको छ। सहसचिव नेतृत्वको समितिले कार्यविधिसहितको मस्यौदा तयार पार्ने छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्